उपत्यकाको निषेधाज्ञा ७ दिन थप, यी क्षेत्रमा निषेध कायमै (पूर्णविवरण)


प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा ७ दिन थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा साउन २१ देखि २७ गतेसम्म थप गर्ने निर्याय गरेको हो।

निषेधाज्ञामा शैक्षिक संस्था सञ्चालन तथा धार्मिक गतिविधिमा निषेध कायमै राखिएको छ। विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर, तालिम केन्द्र भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाउने र पुजारीबाट नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाउनेछैन।

यस्तै, खुलास्थानमा जम्मा हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोजभतेर पाइनेछैन। यस व्यवस्थालाई थप कडाइका साथ लागू गरिने प्रशासनले जनाएको छ।

पार्टी प्यालेस, सिनेमा हल, रेस्टुँरा, डान्सबार, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालनमा पनि रोक लगाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको जारी गरेको निषेध आदेशका लागि तलको लिंक क्लिक गर्नुहोला

निषेध आदेश

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com