लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता


प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मंगलबार प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। यसअघि सोमबार उनीहरुले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका थिए।

विपक्षी गठबन्धनमा आवद्ध ३४ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। अविश्वास प्रस्तावमा ३४ सांसदको हस्ताक्षरमात्र रहे पनि आफूहरू बहुमतमा रहेको दाबी गठबन्धनले गरेको छ।

लुम्बिनी प्रदेशसभामा ८० सांसद छन्। सरकार जोगाउन पोखरेललाई ४१ सांसदको समर्थन चाहिन्छ।

यसअघि माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि विपक्षी गठबन्धनले पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अविश्वास प्रस्तावमाथि छलफलका विशेष अधिवेशन बोलाइएकै दिन वैशाख १९ गते मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। त्यसपछि बहुमत सांसदहरूले सरकार गठनका दाबी प्रस्तुत गरे पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com