आवेदनको चाप बढेपछि युएससीआईएसले खोल्यो नयाँ एसाइलम अफिस, अमेरिकाभित्र ११ औं


प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार

अमेरिकामा एसाइलमका आवेदनको चाप बढेपछि युएससीआईएसले नयाँ एसाइलम अफिस खोलेको छ । सोमबारदेखि फ्लोरिडाको तम्पामा खोलिएको यो एसाइलम अफिस अमेरिकाभित्रको ११ औं एसाइलम अफिस हो ।

फ्लोरिडामा खोलिएको यो दोश्रो एसाइलम अफिस हो । फ्लोरिडा राज्यको मायामी र तम्पाका एसाइलम अफिसहरुले अब कार्यविभाजन गर्ने भएका छन् । खासगरी फ्लोरिडामा एसाइलमको चाप बढेपछि त्यसलाई कम गर्न यो अफिस खोलिएको हो भने यसको कार्यक्षेत्र फ्लोरिडामात्र रहनेछ ।

अहिले एसाइलमका आवेदन प्राप्त हुनेमा फ्लोरिडा अमेरिकामा नै अग्रपंक्तिमा रहेको छ । देशभर पेन्डिङ रहेका झण्डै चौथाई आवेदनहरु फ्लोरिडाबासी एसाइलम आवेदकका रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका आएको सामान्यतया एकबर्षभित्र शरणको माग गर्दै अमेरिकामा दिइएका एसाइलम आवेदनबारे प्रारम्भिक फैसला युएससीआईएसले गर्दै आएको छ । एसाइलम अफिसरले आवेदक शरणका लागि योग्य भए नभएको निर्धारण गर्न अन्तरवार्ता लिन्छन् । योग्य भएको खण्डमा शरण प्रदान गरिन्छ । शरण स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्ड आवेदन दिन सकिन्छ ।

तम्पाको एसाइलम अफिसले खासगरी पश्चिम र उत्तर फ्लोरिडाका आवेदकले दिएका आवेदनबारे निर्णय गर्नेछ । त्यस्तै मध्य फ्लोरिडाका केही भागका आवेदन पनि हेर्नेछ । मायामी अफिसले मध्य फ्लोरिडाका केही भाग र दक्षिण फ्लोरिडाका आवेदकका आवेदन हेर्नेछ ।

यी बाहेक अमेरिकामा आर्लिंगटन, शिकागो, ह्युस्टन, न्यु ओर्लियन्स, लासभेगास, नेवार्क, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्कोमा एसाइलम अफिसहरु रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com