कोरोना महामारीः ३१२५ संक्रमित थपिए, २३ को मृत्यु


प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ पिसिआर र ३ हजार १ सय ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा ५५६ जना, भक्तपुरमा ९९ र ललितपुरमा ११५ जना रहेको छ।

यस्तै, सोमबार थप २३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ। कोरोना संक्रमणको मृत्युदर १.५ प्रतिशत रहेको छ।

उक्त अवधिमा १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कूलसंख्या ६ लाख ५८ हजार १ सय २२ छ। निको हुने दर ९४.०६ प्रतिशत रहेको छ।

यस्तै, सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ पुगेको छ। जसमध्ये ६९० जना आइसीयुमा र १७५ जना भेन्टिलेटरमा छन्। २८ हजार ४ सय ५ जना होम आइसोलेसनमा र ३ हजार ३ सय २४ जना संस्थागत आइसोलेसनमा छन्। ३६८ जना क्वारेन्टाइनमा छन्।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ८१ हजार २५ जनाले खोप पाएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com