२४ घण्टामा २०२० संक्रमणमुक्त, २५६८ संक्रमित थपिए


प्रकाशित मिति : श्रावण १७, २०७८ आईतबार

नेपालमा २४ घण्टामा २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्याका अनुसार नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ। नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ।

यस्तै, उक्त अवधिमा २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालमा ८ हजार ४ सय २ जनामा पिसिआर र ४ हजार २ सय ३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौंमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना रहेका छन्।

त्यस्तै, काठमाडौंमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना गरी उपत्यका भरि ८५१ संक्रमित थपिएका छन्।

नेपालमा हालसम्म कूल संक्रमितको संख्या ७ लाख ५९ हजार ३ सय ७ (पिसिआर र एन्टिजेन दुवै विधिबाट) पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ। नेपालमा मृत्युदर १.५ प्रतिशत रहेको छ।

हालसम्म नेपालमा ४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो डोज र १८ लाख १३ हजार ४ सय ७१ जनाले दुवै डोज खोप लगाएका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com