अमेरिकामा एसाइलम अस्वीकृत भएकाहरुलाई तीब्र गतिमा देशनिकाला गर्ने उडानहरु सुचारु


प्रकाशित मिति : श्रावण १७, २०७८ आईतबार

बाइडेन प्रशासनले अमेरिकामा एसाइलम अस्वीकृत भएकाहरुलाई तीब्र गतिमा देशनिकाला गर्ने उडानहरु शुक्रबारदेखि  सुचारु गरेको छ । गैरकानूनी रुपमा मेक्सिकोको सिमा पार गरेर आएका र एसाइलम आस्वीकृत भएकाहरुलाई तीब्र गतिमा देशनिकाला गर्न उडानहरु सुचारु गरिएको हो ।

शुक्रबारको पहिलो उडानमार्फत ७३ जनालाई उनीहरुको देशमा फिर्ता पठाइएको छ ।

जस अनुशार कैयन व्यक्ति अध्यागमन न्यायाधिस समक्ष सुनुवाईको मौका नदिइकनै तीब्र गतिको देशनिकालाका लागि योग्य हुन्छन् । महामारी सम्बन्धित सिमा नीति अन्तरगत नपरेकाहरुका लागि तीब्र गतिको देशनिकालाको प्रकृया लागु हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीब्रगतिको देशनिकालाको नियम राष्ट्रपति बिल क्लीन्टनको पालामा सुरु गरिएको हो ।

सिमाक्षेत्रबाट गैरकानूनी रुपमा आउनेहरुलाई दुरुत्साहन गर्नका लागि बाइडेन प्रशासनले यो कदम चालेको हो । बाइडेन प्रशासनले आप्रवासनको मुख्य कारणलाई सम्बोधन गर्ने प्रयास गरिरहेकाले गैरकानूनी रुपमा नआउने राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले बारम्बार चेतावनी दिदै आएका छन् ।

यसअगाडि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वक्तब्य जारी गरेर सिमाक्षेत्रबाट पोर्ट अफ इन्ट्रीमा इन्सपेक्सन विना अमेरिका प्रवेशको प्रयास गर्नु गलत बाटो भएको बताएको थियो । यस्तो गर्न प्रयास गर्नु खतरनाक कार्य रहेको र यस्तो गर्न प्रयास गरेमा दीर्घकालिन अध्यागमन अवस्थाहरु श्रृजना हुने चेतावनी दिइएको थियो । शुक्रबार उडान सुचारु गरिएको घोषणा गरेको थियो ।

सिमाक्षेत्रमा पक्राउ पर्नेहरुको संख्या अहिले अत्यन्तै बढेको छ । रियो ग्रान्दे उपत्यकामामात्र एकसातामा २० हजारभन्दा धेरै पक्राउ परेका छन् । पछिल्ला महिनाहरुमा सिमाक्षेत्रमा आप्रवासी परिवारहरु पक्राउ पर्नेदर पनि अत्यन्तै बढेको छ । जुनमामात्र ५० हजारभन्दा धेरै आप्रवासी परिवारहरु पक्राउ परेका थिए । मेमा यो संख्या ४० हजार ८ सय १५ रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com