यसरी पढ्नुहोस् तपाईको अमेरिकाको गैर आप्रवासी भिसा


प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार

गैर आप्रवासी भिसा अमेरिकाको यस्तो दस्तावेज हो, जसले कुनै व्यक्तिलाई अमेरिकामा काम गर्न, अध्ययन गर्न, सांस्कृतिक आदानप्रदानमा भाग लिन जस्ता केही विशेष कारणका निम्ती अमेरिका प्रवेशको अनुमति दिन्छ । भिसाको लागि अमेरिकी दूतावास वा कन्सुलेटमा आवेदन दिनुपर्छ ।

गैर आप्रवासी भिसा पाएपछि तपाई त्यो लिएर अमेरिका पुगेर पोर्ट अफ इन्ट्रीमा अध्यागमन अधिकारीसमक्ष औपचारिक रुपमा प्रवेशका लागि पेश हुनुपर्छ । भिसामा उल्लेख भएको म्यादको अन्तिम दिनसम्म पनि तपाई अमेरिका प्रवेश गर्न सक्नुहुन्छ । तपाईको भिसाका्े म्याद सकिएको छ भने अमेरिका पुन प्रवेश गर्नु अगाडि तपाईले नयाँ भिसा लिनुपर्छ ।

अमेरिका प्रवेश गर्दा अध्यागमन अधिकारीहरुले तपाईको पासपोर्टमा आगमन मिति, भिसाको प्रकार, अमेरिकामा यो दिनसम्म बस्न पाउने भनी मिति खुलाएर छाप लगाइदिन्छन् । अमेरिकामा गैरकानूनी उपस्थीति हुन नदिन तपाईले यो दिनसम्म बस्न पाउने भनी आई ९४ मा खुलाइएको मिति अगाडि नै अमेरिका छाड्नुपर्छ वा युएससीआइएसमा म्याद थपका लागि आवेदन दिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईको भिसा स्टीकरको म्याद जतिसुकै भएतापनि तपाई अमेरिका बस्न पाउने अवधि आई ९४ मा उल्लेख गरिएको हुन्छ । आई ९४ मा उल्लेख गरिएको म्याद सकिएको खण्डमा स्टीकरमा भिसाको म्याद बाँकी रहेपनि तपाईको अमेरिकामा गैरकानूनी उपस्थीति गणना सुरु हुन्छ ।

तपाईको भिसामा तपाईको नामथर, भिसा जारी भएको स्थान, जन्ममिति लगायतका विवरणहरु उल्लेख गरिएको हुन्छ । तपाईको भिसा प्रकारमा आर लेखिएको छ भने त्यसले साधारण राहदानी भन्ने बुझाउँछ । त्यस्तै भिसा श्रेणीमा तपाईको भिसाको नाम लेखिएको हुन्छ । उदाहरणका लागि भिजिटर भिसामा आउनेहरुको बीवान बी टु लेखिएको हुन्छ ।

तपाईको भिसा स्टीकरमा उल्लेख भएको भिसाको म्यादले तपाई अमेरिकामा प्रवेश गर्न पाउने अन्तिम दिन जनाउँछ । यसले तपाई अमेरिकामा कतिदिनसम्म बस्न पाउनुहुन्छ भन्ने जनाउँदैन । त्यस्तै तपाईको भिसाको इन्ट्रीमा एम लेखिएको छ भने तपाई अमेरिकामा धेरैपल्ट आउनजान सक्नुहुन्छ । छेउमा कुनै अंक पनि छ भने त्यसले तपाई कति पटकसम्म अमेरिका आउन जान पाउनुहुन्ट भन्ने जनाउँछ ।

कतिपयको भिसामा नोट समेत लेखिएको हुन्छ । उक्त नोट अन्तरगत तपाईको भिसाको बारेमा थप जानकारी राखिएको हुनसक्छ । उदाहरणका लागि विद्यार्थी भिसामा उक्त स्थानमा सेभिज नम्बर र विद्यालय वा कलेजको नाम हुन्छ ।

सुझाव : यात्रा गर्नु अगाडि पासपोर्ट र भिसा तथा अन्य कुनै आफ्नो परिचय दिलाउने महत्वपूर्ण कागजातहरुको दुईप्रति बनाएर राख्नुहोस् । एकप्रति आफ्नो देशमा आफूले विश्वास गर्ने मान्छेलाई राख्नदिनुहोस् । अर्कोप्रति तपाईसँगै लिएर जानुहोस् । तपाईले विद्युतीय रुपमा कागजातहरु ड्राइभ वा इमेलमा पनि राख्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com