सरकारले बालबालिकाका लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयु बेड थप्दै


प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार

कोरोना संक्रमणको तेस्रो लहरको तयारीस्वरुप सरकारले बालबालिकाका लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयु बेड थप्ने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले विस्तार गर्ने भौतिक पूर्वाधारका बारेमा जानकारी दिएका हुन्।

उपचारात्मक सेवा विस्तारका लागि हाइडिपेन्डेन्सी युनिट (एचडीयु) बेड देशभरका सरकारी अस्पतालहरुमा २०७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा रहेको र १४०० थप गर्ने प्रक्रिया अगाडि बढेको मन्त्रालयका जनाएको छ।

यस्तै, भेन्टिलेटरहरुको संख्या ९०४ पुर्‍याइएको छ भने १८० थप गर्ने प्रक्रियामा रहेको छ। अक्सिजन आपूर्ति सुदृढ गर्नका लागि सरकारले सघन कार्यहरुमार्फत् ५५०० अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको र थप ३५०० आउने क्रममा रहेको जनाइएको छ। यस्तै, ६३७७ अक्सिजन सिलिण्डर थप गरिएको छ।

‘तेस्रो लहर रोक्न र त्यसबाट हुनसक्ने क्षति कम गर्न हामी सबैको सामूहिक प्रयास र हाम्रा गतिविधिहरुमा जनस्वास्थ्य मापदण्डको पालनाको महत्वपूर्ण भूमिका हुने पनि पुनः स्मरण गराउन चाहन्छौं,’ प्रवक्ता पौडेलले भनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, आगामी असोज मसान्तसम्म कूल १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने आँकलन गरी कोभिडविरुद्धको खोप विस्तार हुने मन्त्रालयले जनाएको छ।

यस्तै, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि सकारात्मक रुपमा कार्य अगाडि बढिरहेको जनाइएको छ।

गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीको पहुँचमा पुग्ने पनि प्रवक्ता पौडेलले उल्लेख गरेका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com