एक सातादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी, आंशिक प्राध्यापकले यसकारण लगाए ताला


प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार

त्रिभुवन विश्वविद्यालयमा एक सातादेखी तालाबन्दी भएको छ । लामो समयदेखी आन्दोलनरत आंशिक प्राध्यापकहरुले बिभिन्न माग राख्दै गरेको आन्दोलनका कारण त्रिवीमा एक सातादेखी तालाबन्दी भएको हो ।

एकसातादेखी तालाबन्दी हुँदा पनि विश्वविद्यालय प्रशासन भने मौन छ ।

कस्ता छन् माग?

२०६३ सालदेखी ज्यालादारीमा मात्र पढाउँदै आएका आंशिक प्राध्यापकहरुले समान कामको, समान ज्याला माग गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पढाउन, थेसीस गराउन तथा अधिकांश नयाँ कोर्शका लागि युवा रहेका आंशिक प्राध्यापकलाई काम लगाउने तर ज्याला भने मजदुरलाई जस्तै कक्षा लिएका आधारमा दिने गरेकामा आंशिक प्राध्यापकहरु आन्दोलनमा छन् ।

विभिन्न चरणका आन्दोलनमा लागेका प्राध्यापकहरुले हरेक सरकारले माग पुरा गर्ने आश्वासन दिने तर अन्तिममा धोका दिने गरेको गुनासो छ ।

संघर्ष समिति नै निर्माण गरेर कहिले आमरण अनसन त कहिले धर्ना, जुलुस गर्दै आएका आशिंक प्राध्यापकहरुलाई धेरै पटक लिखित रुपमै आश्वासन र सहमति हुने तर कार्यान्वयन नहुने गरेको केन्द्रिय सघर्ष समितिका सचिव तथा बार्ता टोली सदस्य बैकुण्ठ थापाले बताए ।

५ बर्ष देखी पटक पटक उपकुलपति , रेक्टर, रजिष्टारको कार्यालय घेर्ने, वार्ता गर्ने लगायतका आन्दोलनमा आशिंक प्राध्यापकहरु छन् ।

बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा अघिल्लो पटक प्रधानमन्त्री भएको बेला माग पुरा गर्ने निर्णय भएको भए पनि अर्को सरकार बनेपछि लागु हुन सकेको थिएन ।

हाल उनै प्रधानमन्त्री शेरबहादुर देउवा भएकोले आशिंक प्राध्यापकहरु आफ्नो माग पुरा हुनेमा आशावादी रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com