बढ्दो कोरोनाः नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार नाघ्यो


प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार

नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार नाघेको छ। केही दिनयता कोरोना संक्रमितको संख्या बढ्ने क्रममा सक्रिय संक्रमितको संख्या पनि उच्च देखिएको हो। वैशाख दोस्रो सातादेखि संक्रमण बढ्दै गएर नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख नाघेको थियो। अहिले पुनः संक्रमण दर बढ्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ छ। हाल ३९० जना क्वारेन्टाइनमा छन्।

यस्तै, पछिल्लो २४ घन्टामा ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन्। १४ हजार ६६१ नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौं उपत्यकामा ८ सय १९ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ रहेका छन्। काठमाडौंमा सक्रिय संक्रमित ५ हजार ९ सय ३, भक्तपुरमा १ हजार १ सय २० र ललितपुरमा १ हजार ४ सय ७८ रहेकाछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही अवधिमा १ हजार ८१६ संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ छ।
यस्तै, शुक्रबार कोरोना संक्रमणबाट २७ संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ९ हजार ८३४ को मृत्यु भइसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com