अमेरिकामा डेढ लाख डलरसम्मको पीपीपी ऋण मिनाहाका लागि एसबीएको पोर्टल


प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार

अमेरिकामा १ लाख ५० हजार डलर वा सो भन्दा कमको पेचेक प्रोटेक्सन ऋण मिनाहाका लागि साना व्यवसाय प्रशासन एसबीएले सिधै आवेदन दिनसकिने गरी पोर्टलको व्यवस्था गरेको छ । उक्त पोर्टलमार्फत १ लाख ५० हजार डलर वा सोभन्दा कम पीपीपी ऋण लिएकाहरुले मिनाहाका लागि ऋणदातालाई सम्पर्क नगरी सिधै आवेदन दिनसक्ने एसबीएले घोषणा गरेको छ ।

यसरी सिधै ऋण मिनाहाका लागि आवेदन दिन ६५ लाख व्यवसायहरु योग्य रहेको जनाइएको छ । अहिले यो कार्यक्रममार्फत ऋण मिनाहाका लागि आवेदन दिन एसबीएबाट निम्ता प्राप्त गरेको हुनुपर्छ । तर अगस्त ४ देखि भने सबै व्यवसायका लागि पोर्टल खुला हुने जनाइएको छ । आगामी बुधबारदेखि ऋण मिनाहाका लागि आवेदन दिन सकिनेछ ।

यसबारे कुनै प्रश्न भएकाहरुले एसबीएको फोन नम्बर ८७७ ५५२ २६९२ मा सोमबारदेखि शुक्रबारसम्म न्युयोर्क समय विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क गर्नसक्नेछन् । एसबीएले यस अगाडि ऋण मिनाहा आवेदनलाई व्यवस्थीत गर्नका लागि ५० हजारभन्दा कम ऋण लिएकाहरुका लागि १२ पेजबाट घटाएर २ पेजको आवेदन तयार पारेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीपीपी ऋण कोरोना महामारीका कारण मारमा परेका व्यवसायहरुलाई आफ्ना कर्मचारीहरुलाई तलब खुवाउन र अत्यावश्यक खर्चका लागि प्रदान गरिएको थियो । सरकारले तोकेका शीर्षकमा खर्च गरेको खण्डमा यो ऋण पूर्णरुपमा मिनाहा हुने प्रावधान रहेको छ । सन् २०२१ मा मात्र एसबीएले २७५ बिलियनभन्दा धेरै पीपीपी ऋण जारी गरेको थियो ।

ऋण मिनाहा फाइल गरिदिन ढिलासुस्ती गर्ने ऋणदाताका कारण कैयन व्यवसायको ऋण मिनाहा हुन सकेको छैन । यो अवस्थामा एसबीएले ल्याएको नयाँ प्रावधानले त्यस्ता व्यवसायहरुलाई ऋण मिनाहाका लागि सहज हुने अपेक्षा गरिएको छ ।

एसबीएको वेवसाइटमार्फत ऋण मिनाहाका लागि आवेदन दिन यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com