कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई


प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार

नेपाली कांग्रेसले केही जिल्ला तथा क्षेत्रमा देखा परेका क्रियाशील सदस्यताको विवादलाई टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धमा देखिएका विवाद समाधान गर्न केन्द्रीय नेताहरुलाई ५ दिनको समय दिएको हो।

‘हामीले केन्द्रीय नेताहरुको तहबाट निर्णय गर्ने केही विषय पहिचान गरेका छौं, अब उहाँहरुले छलफल गरेर निर्णय दिएपछि निर्वाचनसम्बन्धी अन्य प्रक्रिया अघि बढ्छ,’ बैठकपछि क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने।

अन्य पार्टीबाट समायोजन भएका नेता तथा कार्यकर्तालाई दिइने क्रियाशील सदस्यता, सप्तरी, बारा, सिन्धुपाल्चोक तथा रसुवा र सर्लाही ४ तथा धनुषा २ का देखिएको विवाद समाधान गर्ने जिम्मा समितिले केन्द्रीय नेताहरुलाई दिएको नेता लेखकले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोहीअनुसार अब शीर्ष नेताहरुको बैठक शुक्रबार नै बस्ने भएको छ। बैठकले क्रियाशील सदस्यता विवाद टुंगो लगाउनेबारे निर्णय लिनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com