नेपालमा कोरोनाः ३३६५ संक्रमित थपिए, १६ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ५५५ जनाको पीसीआर र ४ हजार ६८७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा ८ सय ६० जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंका ५९७, भक्तपुरका १०८ र ललितपुरका १५५ जना रहेका छन्।

यस्तै, उक्त अवधिमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।

यस्तै, १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५०४४५ पुगेको छ। कोरोना निको हुने दर ९४ दशमलव १ प्रतिशत रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्षमाथिका
मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट हालसम्म सबैभन्दा बढी मृत्यु ६० वर्षदेखि माथिको उमेर समूहको भएको छ। हालसम्म उक्त समूहका ५ हजार २ सय ६४ जनाको मृत्यु भएको छ। यस्तै, ५० देखि ५९ वर्षका १९२७, ४० देखि ४९ वर्षका १४१०, ३० देखि ३९ वर्षका ८११, २० देखि २९ वर्षका २९७, १० देखि १९ वर्षका ५० र १० वर्षसम्मका ४१ जनाको मृत्यु भएकोछ ।

(यसअगाडिको समाचारमा संक्रमितको संख्या ३६६५ हुन गएकोमा सच्याइएको छ । -सम्पादक)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com