अब युएससीआईएसका बायोमेट्रिक अप्वाइन्टमेन्ट पत्रबाट सार्न नसकिने, फोन अनिवार्य


प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार

अबदेखि युएससीआईएसका बायोमेट्रिक अप्वाइन्टमेन्ट पत्रबाट पुनर्तय गर्न नसकिने भएको छ । युएससीआइएसले भर्जिनियाको अलेक्जान्द्रियामा रहेको बायोमेट्रिक प्रोसेसिङ युनिट बन्द गरेको छ ।

अबदेखि एकपटक तय भएका बायोमेट्रिक अप्वाइन्टमेन्टहरु उक्त मितिमा कुनै कारणले उपस्थीत हुन नसक्ने अवस्थाका कारण अर्को मितिमा सार्न परेमा युएससीआईएसले लिखित रुपमा गरिएका अनुरोधहरु नस्वीकार्ने भएको छ । अब अप्वाइन्टमेन्ट सार्नुपरेमा युएससीआईएसको सम्पर्क केन्द्रमा फोन नै गर्नुपर्ने युएससीआईएसले जनाएको छ ।

यो परिवर्तनले पेपरवर्कको झमेला कम गर्ने र अनुरोधहरु अझ प्रभावकारी तरिकाले व्यवस्थीत गर्न सहज हुने अपेक्षा गरिएको छ । बायोमेट्रिकको अप्वाइन्टमेन्ट सार्नका लागि ८०० ३७५ ५२८३ मा फोन गर्नुपर्नेछ । फोन गर्दा प्रतिक्षा समय भने निकै लामो समेत हुने गरेको सेवाग्राहीहरुको गुनासो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अप्वाइन्टमेन्टको मिति सार्नुपरेमा पहिले तय भएको अप्वाइन्मेन्टको मिति र समय भन्दा अगाडि नै फोन गर्नुपर्नेछ । साथै सुरुको अप्वाइन्टमेन्टमा उपस्थीत हुन नसक्नुको गतिलो कारण समेत पेश गर्नुपर्नेछ । यदि गतिलो कारण पेश गर्न नसकेको खण्डमा अप्वाइन्टमेन्टको मिति सार्ने अनुरोध अस्वीकार समेत हुनसक्नेछ ।

यदि अप्वाइन्टमेन्टको नयाँ मिति तय नभएको अवस्थामा सुरुमा तय गरिएको मिति र समयमा बायोमेट्रिकका लागि नपुगेमा आवेदकले फाइल गरेको अध्यागमन आवेदन, अनुरोध वा याचिका परित्याग गरेको ठहर गरिने युएससीआईएसले जनाएको छ । जसका कारण उक्त आवेदन, अनुरोध वा याचिका युएससीआईएसले अस्वीकार गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com