सिमाक्षेत्रबाट गैरकानूनी रुपमा अमेरिका छिर्ने झण्डै ५० हजारलाई अदालतको मिति नदिइकनै रिहा


प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार

मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा अमोरिका छिर्ने क्रममा पक्राउ परेका झण्डै ५० हजारलाई अदालतमा उपस्थीत हुने मिति प्रदान नगरिकनै रिहा गरिएको छ । उनीहरुलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको कार्यालयमा उपस्थीत हुन भनिएकोमा अहिलेसम्म झण्डै १३ प्रतिशतमात्र उपस्थीत भएर रिपोर्ट गरेको जनाइएको छ ।

यसअगाडि आप्रवासीहरुलाई अदालतमा उपस्थीत हुने मिति नदिइकनै रिहा गर्ने गरिएको थिएन । रिहा गरिएका झण्डै ५० हजारलाई अदालतमा उपस्थीत हुने मितिको साटो देशभरका आइसका कार्यालयका ठेगाना र सम्पर्क नम्बर दिएर ती मध्ये एकमा उपस्थीत भएर आफ्नो अवस्थाबारे जानकारी गराउन भनिएको थियो ।

अध्यागमन अदालत

उनीहरु मध्य मार्चदेखि मध्य जुलाईसम्म गैरकानूनी रुपमा सिमा पार गर्ने क्रममा पक्राउ परेकाहरु हुन् । सोमबारसम्मको तथ्यांक अनुशार ६ हजार ७ सयजनामात्रै आइसको कार्यालयमा उपस्थीत भएको जनाइएको छ । ६० दिनभित्र उपस्थीत हुन भनिएकोमा झण्डै १६ हजारले ६० दिनको अवधि समाप्त भइसक्दा पनि आइसको कार्यालयमा उपस्थीति जनाएका छैनन् ।

अरु २७ हजारको ६० दिने अवधि अझै समाप्त नभएको जनाइएको छ । गतसातामात्र रियो ग्रान्दे उपत्यकाबाट ७ हजार ३ सयलाई अदालतमा उपस्थीत हुने मिति प्रदान नगरिकनै रिहा गरिएको टेक्सासका सांसद हेनरी क्युलेरले बताएका छन् । रियो ग्रान्दे उपत्यकामा एकसाताको अवधिमामात्र २० हजारभन्दा धेरै पक्राउ परेका थिए ।

अदालतमा उपस्थीत हुने मिति विना नै रिहा गरिएका कैयन आफ्नो अध्यागमन प्रकृया सुरु गर्न र अदालतमा उपस्थीत हुने मिति प्राप्त गर्न आफ्नो कार्यालयमा उपस्थीत भएको आइसले जनाएको छ । तर आइसको कार्यालयमा उपस्थीत भएर रिपोर्ट नगर्नेहरु आइसबाट देशनिकालाको भागिदार बन्ने आइसले चेतावनी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com