बढ्दै कोरोनाः परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा संक्रमण पुष्टि, ३८४० संक्रमित थपिए, ३३ को मृत्यु


प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार

कोरोना परीक्षणका आधारमा नेपालमा संक्रमण दर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ हजार ८०८ नमुना परीक्षण गरिएकामा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ। यो कूल परीक्षणको २३.७ प्रतिशत हो।

बुधबार थपिएकामध्ये काठमाडौं उपत्यकामा ८५९ छन्। जसमा भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ छन्।

त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्।

सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९०७१ पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना संक्रमण पुष्टि हुने प्रदेशमा गण्डकी प्रदेश सबैभन्दा अगाडि छ। यहाँ हरेक तीन जनामा परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि हुने गरेको छ। हाल गण्डकी प्रदेशमा ३२ प्रतिशत संक्रमित पुष्टि भइरहेको छ। त्यस्तै, प्रदेश १ मा २७.५ प्रतिशत व्यक्तिहरुमा संक्रमण पुष्टि भइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com