गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त


प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त गरेकी थिइन्।

संविधानको धारा १६३ मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्त गर्ने र उसलाई राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै पदमुक्त गरेमा बाहेक पाँच वर्ष पदावधि हुने उल्लेख छ।

२०७६ कात्तिकमा नियुक्त गरिएका प्रदेश २ प्रमुख तिलक परियार र गण्डकीका अमिक शेरचनलाई तत्कालीन केपी ओली सरकारले पदमुक्त गरी २ मा राजेश झा र गण्डकीमा सीता पौडेललाई नियुक्त गरेको थियो। सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत कायम राखेपछि ओलीसरकारले माओवादीनिकट प्रदेश प्रमुखलाई हटाएको थियो।, अहिले माओवादीसहितको गठबन्धन सरकार बनेपछि एमालेनिकट प्रदेश प्रमुख हटाइएका हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com