नेपालमा पुन: देखियाे डेल्टा प्लस भेरियन्ट, सबै उमेर समूहकालाई जोखिम


प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेसन पुष्टि भएको छ। परीक्षण गराएका ४७ नमूनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन (म्युटेसन) देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित ४७ वटा नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँदिल्लीस्थित डब्ल्युएचओ आइडेन्टीफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक द इन्सिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजीमा सिक्वेन्सिङका लागि पठाइएको जनाएको छ।

उक्त नमूनाहरूको जिनोमिक सिक्वेन्सिङ पहिचान गर्दा ४७ वटै नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने तीन नमूनामा थप उत्परिर्वतन ‘के ४१७ एन म्युटेसन’ भेटिएको छ जसलाई ‘ए‌.वाई १’ नाम दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म योसहित भेरियन्ट अफ कन्सर्नका रुपमा नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले संक्रमण रोक्न सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन अनुरोध गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com