दैनिक कोरोना संक्रमण डेढ महिनायताकै उच्च, ३८९९ संक्रमित थपिए, २० को मृत्यु


प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार

नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालका विभिन्न प्रयोगशालामा १२ हजार ६ सय ५५ जनाको पिसिआर र ४ हजार ८ सय ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यो डेढ महिना यताकै उच्च हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८ सय १७ ( पिसिआर विधिबाट ६ लाख ८५ हजार ६ सय ७३ र एन्टिजेनबाट ५७ हजार १ सय ४४) पुगेको छ।

संक्रमितमध्ये काठमाडौंमा ४ सय ७५, ललितपुरमा १ सय ६७ र भक्तपुरमा १ सय ३२ छन्।

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ।
यस्तै संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ७८ छ। नेपालमा हालसम्म ६ लाख ४७ हजार ७९ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल २८ हजार ८ सय ३६ जना आइसोलेसनमा छन् भने ३ सय ५६ जना क्वारेन्टाइनमा छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com