Follow @khasokhasmag

बाइडेन प्रशासनले गैरकानूनी सिमा पार गरेका आप्रवासी परिवारहरुलाई तीब्र देशनिकाला सुचारु गर्ने


प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार

बाइडेन प्रशासनले केही आप्रवासी परिवारहरुलाई तीब्र गतिको देशनिकाला सुचारु गर्ने भएको छ । गैरकानूनी रुपमा मेक्सिकोको सिमा पार गरेर आएकाहरुलाई तीब्र गतिको देशनिकाला सुचारु गर्न लागिएको सोमबार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

केही परिवारहरु अध्यागमन न्यायाधिस समक्ष सुनुवाईको मौका नदिइकनै तीब्र गतिको देशनिकालाका लागि योग्य हुन्छन् । महामारी सम्बन्धित सिमा नीति अन्तरगत नपरेका परिवारहरुका लागि तीब्र गतिको देशनिकालाको प्रकृया लागु हुनेछ ।

सिमाक्षेत्रबाट गैरकानूनी रुपमा आउनेहरुलाई दुरुत्साहन गर्नका लागि बाइडेन प्रशासनले यो कदम चाल्न लागेको हो । बाइडेन प्रशासनले आप्रवासनको मुख्य कारणलाई सम्बोधन गर्ने प्रयास गरिरहेकाले गैरकानूनी रुपमा नआउने राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले बारम्बार चेतावनी दिदै आएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सोमबार वक्तब्य जारी गरेर सिमाक्षेत्रबाट पोर्ट अफ इन्ट्रीमा इन्सपेक्सन विना अमेरिका प्रवेशको प्रयास गर्नु गलत बाटो भएको बताएको छ । यस्तो गर्न प्रयास गर्नु खतरनाक कार्य रहेको र यस्तो गर्न प्रयास गरेमा दीर्घकालिन अध्यागमन अवस्थाहरु श्रृजना हुने चेतावनी दिइएको छ ।

सिमाक्षेत्रमा पक्राउ पर्नेहरुको संख्या अहिले अत्यन्तै बढेको छ । रियो ग्रान्दे उपत्यकामामात्र एकसातामा २० हजारभन्दा धेरै पक्राउ परेका छन् । पछिल्ला महिनाहरुमा सिमाक्षेत्रमा आप्रवासी परिवारहरु पक्राउ पर्नेदर पनि अत्यन्तै बढेको छ । जुनमामात्र ५० हजारभन्दा धेरै आप्रवासी परिवारहरु पक्राउ परेका थिए । मेमा यो संख्या ४० हजार ८ सय १५ रहेको थियो ।

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com