विमानस्थलबाटै फर्काइदै भिजिटर भिसाका नेपाली कलाकार


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

भिजिटर भिसामा बेलायत आएर कार्यक्रम गर्न थालेपछि नेपाली कलाकारहरुलाई बेलायती अध्यागमनले बेलायत छिर्न नदिएर विमानस्थलबाटै फिर्ता पठाउन थालेको  छ । कार्यक्रम गरेर अर्थोपार्जन गर्नका लागि इन्टरटेनर भिजा वा वर्क परमिट लिनुपर्नेमा भिजिटर भिसामा आएका कलाकारले कार्यक्रममा सहभागी भएर अर्थोपार्जन गरेपछि भिसाको उल्लंघन भएको भन्दै विमानस्थलबाटै फिर्ता पठाइएको हो ।

केहीदिन अगाडि बेलायतस्थित नेपाली पत्रकारहरू आपत्कालीन कोषका लागि आयोजित कार्यक्रममा सहभागी हुन नेपालबाट आउदै गरेका लोकगायक खडग गर्बुजालाई हिथ्रो विमानस्थलबाट अध्यागमन अधिकारीहरुले फिर्ता पठाइदिइको समाचारमा जनाइएको छ । गर्बुजा व्यक्तिगत स्पोन्सरसिपमा भिजिट भिसा लिएर चौथोपटक बेलायत आउँदै थिए ।

२७ वर्षदेखि नेपाली लोक संगीतमा लागेर ९ सय हाराहारी गीत गाइसकेका गर्बुजालाई बेलायत अध्यागमनले विगतमा भिजिट भिसामा आएर अर्थ आर्जन गरेको आरोप लगाउदै विमानस्थलमै रोकेको हो ।

यसअघि गायिका दुर्गा परियारलाई पनि बेलायत अध्यागमनले फर्काइदिएको थियो । भिजिट भिसा लिएर बेलायत छिर्ने अनि गाउने क्रम बढेपछि बेलायत सरकारले निगरानी बढाउन थालेको सरोकारवाला बताउँछन् । भिजिटर भिसामा प्रवेश गरेर बेलायतमा कुनै अर्थोपार्जन हुनेगरी काम गर्नु भिजिटर भिसाको उल्लंघन र गैरकानुनी मानिन्छ । तर भिजिटर भिसामा आएर पनि च्यारिटीको लागि निशुल्क गाउन भने सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कमर्सियल शोका लागि बेलायत आउँदा छोटो समयका लागि इन्टरटेनर र वर्ष दिनसम्मको टियर ५ टेम्पोररी वर्कर क्रिएटिभ एन्ड स्पोर्टिङ भिसा लिन आवश्यक छ । इन्टरटेनर भिसा दिने र नदिने कलाकारको प्रोफाइल, बैंक स्टेटमेन्ट र झिकाउने कम्पनीको प्रतिष्ठामा निर्भर हुन्छ भने टियर फाइभ भिसा कम्पनीको प्रायोजन क्षमता मूल्यांकनले मात्र दिइने जनाइएको छ ।

अमेरिकामा पनि पछिल्लो समयमा भिजिटर भिसामा आएर अर्थोपार्जन हुनेगरी कलाकारहरु कन्सर्ट र कार्यक्रममा सहभागी हुने क्रम बढेको छ । जुन भिजिटर भिसाको उल्लंघन हो । अमेरिकामा अर्थोपार्जन हुनेगरी कार्यक्रममा भाग लिनका लागि कलाकारहरुले पी क्याटेगोरीको भिसा लिनु आवश्यक छ । तर कुनै रकम नलिई निशुल्क च्यारिटीको लागि भने भिजिटर भिसामा आउनेहरुले पनि कार्यक्रम गर्न सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com