नेपालमा थप २२३९ जनामा संक्रमण पुष्टि, २० को मृत्यु


प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा २२३९ कोरोना संक्रमित थपिएका छन्। ६६५७ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा १४७९ र ४६५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० रहेको छ। योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९३४० पुगेको छ। २४ घण्टामा १३१६ जना कोरोनामुक्त भएका छन्। हालसम्म देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ रहेको छ। हाल संक्रमणमुक्त दर ९४.५ प्रतिशत रहेको छ भने मृत्युदर १.५ प्रतिशत रहेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ९० छ।

त्यस्तै, उपत्यकामा काठमाडौमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ नयाँ संक्रमित थपिएका छन्। हाल काठमाडौंमा ५३७७, भक्तपुरमा १०४० र ललितपुरमा १३८५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com