चीनबाट आइपुग्यो ८ लाख डोज खोप, शुक्रबार नै तीन प्रदेशमा पुर्‍याइने


प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार

चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आज बिहान सवा ६ बजे खोप नेपाल ल्याइपुर्‍याएको हो।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो। जसमध्ये पहिलो खेपमा ८ लाख डोज खोप आएको हो।

अब बाँकी अन्य उडानमार्फत ल्याइने स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिएका छन्। साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ती खोप ३ प्रदेशमा लैजाने तयारी भएको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले जनाएको छ। जसअनुसार पोखरा, हेटौडा र बुटवलमा शुक्रबार नै पुर्‍याइनेछ। तर खोप कुन उमेर समूहका लागि दिने भन्नेबारे निर्णय भइसकेको छैन। विज्ञहरुले भने ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिन सुझाव दिएका छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com