ट्याक्स फाइल नगरेका वा बच्चाको विवरण बदलिएकाले चाइल्ड ट्याक्स क्रेडिट रकम पाउन यसो गर्नुहोस्


प्रकाशित मिति : असार १४, २०७८ सोमबार

यदि तपाईले अमेरिकामा सन् २०२० को ट्याक्स रिटर्न फाइल गर्न आवश्यक थिएन, फाइल गर्नुभएन वा गर्ने योजनामा पनि हुनुहुन्न भने तपाईका लागि चाइल्ड ट्याक्स क्रेडिट रकम प्रदान गर्नका लागि आईआरएसले विशेष टुलको व्यवस्था गरेको छ । तपाईको पछिल्लो विवरण आईआरएसँग नभएकाले तपाईले चाइल्ड ट्याक्स क्रेडिट रकम प्राप्त गर्न अनलाइनमार्फत विवरणहरु बुझाउनुपर्छ ।

नयाँ बच्चा जन्मेको भएमा वा बैवाहिक स्थीतिमा परिवर्तन भएको भएमा उक्त टुलमार्फत जानकारी दिनुपर्नेछ । यदि तपाईले सन् २०२० को ट्याक्स फाइल गर्ने योजनामा हुनुहुन्छ भने तपाईले उक्त टुलमार्फत विवरण दिनुपर्दैन । त्यस्तै सन् २०२० को अन्तिममा विवाह भएकाले पनि उक्त टुलमार्फत छुट्टै विवरण दिन आवश्यक पर्दैन । तर दम्पत्तिको विवरण उल्लेख गर्ने अवस्थामा भने गर्न सकिनेछ । सन् २०२१ अगाडि जन्मिएको योग्य बच्चा नभएको खण्डमा र सन् २०२१ को मे १७ अगाडि सोसल सेक्युरिटी जारी भएको बच्चा नभएको खण्डमा पनि उक्त टुलमार्फत विवरण दिनुपर्दैन ।

ट्याक्स फाइल नगरेका वा बच्चाको विवरण बदलिएकाहरुले चाइल्ड ट्याक्स क्रेडिट रकम पाउन आफ्नो विवरण आईआरएसलाई जानकारी दिन यहाँ क्लीक गर्नुहोला ।

उक्त टुलमार्फत विवरण दिंदा तपाईको पूरा नाम, अहिलेको ठेगाना, इमेल ठेगाना, जन्ममिति, सोसल सेक्युरिटी नम्बर, बैंक विवरण लगायत उल्लेख गर्नुपर्छ । विवरणहरु उपलब्ध गराएपछि आईआरएसले स्वत योग्यता निर्धारण गर्नेछ र चाइल्ड ट्याक्स क्रेडिट वापतको रकम उपलब्ध गराउनेछ । आईआरएसले जुलाई १५ देखि चाइल्ड ट्याक्स क्रेडिटको रकम वितरण गर्ने भएको छ । जस अनुशार हरेक ६ देखि १७ बर्षसम्मको हरेक बच्चाका लागि बुबाआमाहरुले मासिक २५० डलरसम्म र हरेक ६ बर्षमुनीको हरेक बच्चाका लागि मासिक ३ सय डलरसम्म पाउन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चाइल्ड ट्याक्स क्रेडिट अन्तरगत हरेक ६ देखि १७ बर्षसम्मको हरेक बच्चाका लागि बार्षिक ३ हजार र हरेक ६ बर्षमुनीको हरेक बच्चाका लागि बार्षिक ३६ सय प्राप्त हुनेछ । बच्चाको संख्या अनुशार यो रकम बढ्दै जानेछ । राष्ट्रपति जो बाइडेनले यो प्रावधान सन् २०२१ पछि पनि लागु गर्न र यसलाई स्थायी बनाउन जोड दिदै आएका छन् ।

आईआरएसले जुलाई १५ मा पहिलो किस्ता, अगस्त १३ मा दोश्रो किस्ता, सेप्टेम्बर १५ मा तेश्रो किस्ता, अक्टोबर १५ मा चौथो किस्ता, नोभेम्बर १५ मा पाँचौं किस्ता र डिसेम्बर १५ मा छैठौं किस्ता पठाउने भएको छ । झण्डै ३९ मिलियन अमेरिकन परिवारका लागि दोश्रो चरणको राहत प्याकेजमा समेटिएको समृद्ध चाइल्ड ट्याक्स क्रेडिट अन्तरगत यो रकम दिइन लागेको हो । आईआरएसँग बैंक एकाउन्ट भएकाहरुको खातामा सिधै पठाइनेछ भने नभएकाहरुलाई हुलाकमार्फत चेक पठाइनेछ ।

उनीहरुको मासिक रकम जुलाईदेखि डिसेम्बरसम्म प्राप्त गर्नसक्नेछन् । बाँकी रकम सन् २०२१ को ट्याक्स फाइल गर्दा प्राप्त हुनेछ । ट्याक्स पोलिसी सेन्टरका अनुशार औषतमा ९० प्रतिशतभन्दा धेरै परिवारले ४३८० डलर प्राप्त गर्नेछन् ।

बच्चाका सन्दर्भमा प्राप्त गर्ने रकम आम्दानी र बच्चाको संख्यामा भर पर्छ । यदि तपाईको बार्षिक आम्दानी एकल कर फाइल गर्नेको सन्दर्भमा ७५ हजार वा त्योभन्दा कम, घरमुलीका रुपमा फाइल गर्नेको सन्दर्भमा १ लाख १२ हजार ५ सय वा त्योभन्दा कम र संयुक्त रुपमा फाइल गर्ने दम्पत्तिका सन्दर्भमा १ लाख ५० हजार डलर वा त्योभन्दा कम रहेको छ भने तपाईले चाइल्ड ट्याक्स क्रेडिटको पूरै रकम पाउनुहुनेछ । तर उक्त थ्रेसहोल्डभन्दा माथि आम्दानी छ भने हरेक १ हजार बढी आम्दानीका लागि चाइल्ड ट्रयाक्स क्रेडिट रकम ५० डलरले घट्दै जानेछ ।

विगतका बर्षहरुमा अधिकांश परिवारका लागि चाइल्ड ट्याक्स क्रेडिट रकम २ हजार डलर रहेको थियो । तर राहत प्याकेजले यो रकम बढाएर ३ हजारदेखि ३६ सयसम्म बनाएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com