न्युयोर्कको ५० हजार डलरसम्मको सहायता कार्यक्रममा उबर चालक र सेल्फ इम्प्लोयडपनि योग्य हुनसक्ने


प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार

न्युयोर्क राज्यको ५० हजार डलरसम्मको कोभिड १९ महामारी साना व्यवसाय सहायता कार्यक्रममा उबर चालक र सेल्फ इम्प्लोयडपनि आवेदनका लागि योग्य हुनसक्नेछन् ।  न्युयोर्क राज्यको कोभिड १९ महामारी साना व्यवसाय सहायता कार्यक्रम संचालनको जिम्मा पाएको लेन्डस्ट्रीले खसोखासलाई दिएको जानकारी अनुशार २५ प्रतिशतसम्म नोक्सान देखाउनसक्ने उबर चालक लगायत एप्लीकेशनबाट काम गर्नेहरु र सेल्फ इम्प्लोयडहरु समेत यो सहायताका लागि योग्य हुनसक्नेछन् ।

सन् २०१९ को कुल आम्दानीका आधारमा सहायता रकम उपलब्ध गराइने जनाइएको छ । २५ हजार वा सोभन्दा माथि र ५० हजारडलरभन्दा कम कुल आम्दानी भएकाहरुलाई ५ हजार डलर, ५० हजार वा सो भन्दामाथि र १ लाख डलरभन्दा कम आम्दानी भएकाहरुलाई १० हजार डलर र एकलाख डलर वा सोभन्दामाथि ५ लाख डलरसम्म कुल आम्दानी भएकाहरुलाई ५० हजार डलरसम्म सहायता उपलब्ध गराउन सकिने जनाइएको छ ।

यो कार्यक्रम मूलत पेरोल र बारम्बार दोहोरिने अन्य खर्चहरुहुने साना व्यवसायलाई लक्ष्यीत रहेको तर उबर चालकहरुको सामान्यतया इन्सुरेन्स र ऋणको ब्याजबाहेक त्यस्तो खर्च नहुने सीपीए विराज रिजालले जानकारी दिनुभयो । तर योग्य खर्चहरु भएकाहरु तथा तोकिएबमोजिमका मापदण्ड पूरा गरेकाहरुले आवेदन दिनसक्ने रिजालले जानकारी दिनुभयो ।

यो कार्यक्रम अन्तरगत साना व्यवसाय, माइक्रो व्यवसाय र नाफामुलक स्वतन्त्र कला तथा संस्कृति सम्बन्धि संस्थाहरु योग्य हुने जनाइएको छ । तर गैर नाफामुलक संस्थाहरु भने यो कार्यक्रम अन्तरगत योग्य नहुने जनाइएको छ । सहायता रकम तलब, भाडा, मोर्गेज, इन्सुरेन्स, युटिलिटी, पीपीई खर्च लगायतमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।

यो कार्यक्रमबारे थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com