असार १७ गतेदेखि नेपालमा आन्तरिक उडान शुरु हुने


प्रकाशित मिति : असार ९, २०७८ बुधबार

कोरोनाको महामारीका कारण विगत दुई महिनादेखि अवरुद्ध आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेबाट आंशिक रुपमा हवाई सेवना शुरु गर्ने जानकारी दिएको हो ।

यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेको हो ।

उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिशतमा तोकिने भएको छ । नागरिक उड्डयन प्राधिकरणले उडान समय तालिका र उडान संख्या निश्चित गरे लगत्तै आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुण लगायत वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गर्ने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुका दिनमा काठमाण्डौंबाट लगभग ३० देखि ३५ वटा उडान हुने जनाइएको छ । निजी वायुसेवा कम्पनीले तत्कालै उडान कार्यतालिकाका लागि आवेदन दिन सक्नेछन् ।

सोमवारको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान खोल्नेबाहेक लकडाउनका कारण प्रभावित बनेको अन्तर्राष्ट्रिय उडानको सङ्ख्या पनि वृद्धि गर्ने निर्णय गरेको थियो।त्यसमा काठमाण्डौंबाट दोहामा सातामा चारवटा, इस्तानबुलमा सातामा दुईवटा, दुबईमा सातामा चारवटा र दमाममा सातामा दुईवटा उडान गर्ने भनिएको छ।

त्यसबाहेक कुवेत सिटीमा हप्तामा दुईवटा उडान, मस्कटमा एउटा, क्वालालम्पुरमा चारवटा, सोल तथा टोकियोमा एक-एकवटा उडान गर्ने भनिएको छ। चीनको छेङ्दु र ग्वाङ्जाओमा हप्ताको दुई-दुईवटा उडान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रेषित गरिएको पत्रमा उल्लेख छ।

अन्तर्राष्ट्रिय उडान तालिकाका लागि नेपाल वायुसेवा निगम र अरू विदेशी विमानसेवाले पनि निवेदन दिनुपर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com