ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोपको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश


प्रकाशित मिति : असार ८, २०७८ मंगलबार

सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।

काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले सर्वोच्चमा सोमबार रिट दायर गरेका हुन्। उनीहरु कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन नपाएको भन्दै सर्वोच्च पुगेका थिए।

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले चार महिना बितिसक्दासमेत दोस्रो डोज पाउन सकेका छैनन्। पहिलो डोज खोप लगाएको १०५ दिन अर्थात् १५ हप्ता पुगिसक्दासमेत नपाएको उनीहरुको रिटमा उल्लेख गरेका थिए। आफूहरु जस्तै करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख गरिएको छ।

नेपालको संविधानमा उल्लेख स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गरी पाउनका लागि सार्वजनिक सरोकारको विषय लिई अदालत आएको रिटमा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो डोज खोप लगाइ दोस्रोको पर्खाइमा रहेका दीर्घरोगी, वृद्ध, अशक्तहरु मर्कामा परेकोले तत्काल खोपको व्यवस्था गराउन माग गरिएको थियो।

सर्वोच्चले जेठ ४ गते पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोस्रो डोज लगाउने व्यवस्था गर्नु भनि जारी भएको आदेशको समेत पालना नभएको रिटमा उल्लेख थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com