सातै प्रदेश सरकारले ल्याए बजेट, कसको कस्तो ? (पूर्ण विवरणसहित)


प्रकाशित मिति : असार १, २०७८ मंगलबार

असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने संवैधानिक प्रावधानअनुसार सातै प्रदेशले बजेट ल्याएका छन्। सात प्रदेशमध्ये सबैभन्दा बढी बजेट बागमतीले ल्याएको छ भने सबैभन्दा कम गण्डकीको छ। सबैले कोरोना महामारी नियन्त्रणमा बजेट केन्द्रित गरेका छन्।

प्रदेश १
प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको जनाएका छन्। सरकारले झापा र मोरङमा रहेका भुटानी शरणार्थी क्याम्प रहेको ठाउँमा संग्रहालय बनाउने भएको छ। मुख्यमन्त्री उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रदेश १ बजेट

प्रदेश २
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि, अक्सिजन सिलिन्डर, रेमडिसिभर औषधि खरिद गर्न २० करोड विनियोजन गरिएको छ। प्रदेशका विभिन्न अस्पतालमा ३५ वटा डाइलाइसिस मेसिन खरिद गर्न १२ करोड रूपैयाँ विनियोजन गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश २ बजेट

बागमती
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। बागमती सरकारले कोरोनाका कारण आमा(बुवा गुमाएका बालबालिकालाई मासिक ३ हजार दिने घोषणा गरेको छ।

बागमती बजेट

गण्डकी
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेश सभा बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रित बजेट ल्याएको हो।

गण्डकी बजेट

सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षका लागि १० अर्ब ६६ करोड ९ लाख चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत खर्चसहितको बजेट सार्वजनिक गरेका हुन्।

सुदूरपश्चिम बजेट

लुम्बिनी
लुम्बिनी प्रदेश सरकारले पनि कोरोना नियन्त्रणलाई प्राथमिकता राख्दै आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सार्वजनिक गरेको बजेटमा कोभिड उपचार रोकथाम तथा नियन्त्रणमा सबै शक्ति प्रयोग गर्ने घोषणा गरिएको छ।

लुम्बिनी बजेट

कर्णाली
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री गोपाल शर्माले सार्वजनिक गरेको बजेटमा पूँजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ।

कर्णाली बजेट

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com