जसपा विवादः उपेन्द्रले सोधे मन्त्रीहरुसँग स्पष्टीकरण, महन्थद्वारा कार्यकारिणी समिति विस्तार


प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षले एक अर्कामाथि गरेको कारबाहीलाई मान्यता नदिएपछि नेताहरु पुनः एकअर्काप्रति खनिन थालेका छन्। पार्टी औपचारिक रुपमा विभाजनको घोषणा हुन सकेको छैन। अध्यक्ष महन्थ ठाकुर सत्ताको बलमा आफ्नो पक्षमा बहुमत पुर्‍याउने प्रयासमा छन्।

यसैबीच, अध्यक्ष उपेन्द्र यादवले जसपाको महन्थपक्षबाट सरकारमा सहभागी मन्त्रीहरूलाई स्पष्टीकरण सोधेका छन्। पार्टीको निर्णयविना सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरूलाई स्पष्टीकरण सोधेका हुन्। उनीहरुलाई जवाफ दिन ७ दिनको म्याद दिइएको छ।

सात दिनभित्र चित्तबुझ्दो जवाफ नदिए राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको अन्तरिम विधानअनुसार कारबाही गर्ने चेतावनी उपेन्द्र पक्षले दिएको छ।

यसअघि पनि अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ नदिँदा यादवले उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगलाई गराएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, महन्थ ठाकुरले पनि यादवलाई स्पष्टीकरण सोध्दै पार्टीबाट निष्कासन गरेका थिए। कारबाहीबारे दुवै पक्षले निर्वाचन आयोगलाई जानकारी गराए पनि आयोगले मान्यता नदिएको हो। ओली नेतृत्वको सरकारमा जसपाका ९ मन्त्री र २ राज्यमन्त्री सहभागी छन्।

यस्तै, अध्यक्ष ठाकुरले आफू अल्पमतमा रहेको कार्यकारिणी समिति विस्तार गरेका छन्। जसपा विधानअनुसार कार्यकारिणी समिति ५३ सदस्यीय रहने जनाइएको छ। वर्तमान ५१ सदस्यीय कार्यसमितिमा २६ जना पूर्वराजपा र २५ जना पूर्वसमाजवादी पार्टीका सदस्य छन्। दुईजना मनोनित गर्न बाँकी थियो भने पूर्वराजपातर्फका कार्यकारिणी सदस्य रेशम चौधरी अहिले जेलमा छन्।

वर्तमान ५१ सदस्यीय कार्यसमितिमा अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३१ र ठाकुरमा पक्षमा २० कार्यकारिणी सदस्य रहेका छन्। अध्यक्ष ठाकुरले १६ जना थप गरी ६७ सदस्यीय कार्यसमिति बनाएका हुन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com