गोली लागेर मृत्यु भएका नेपाली युवा घिमिरेको आज बाल्टिमोरमा अन्तेष्टी गरिदै


प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार

मेरिल्याण्ड भएको गोली काण्डमा ज्यान गुमाउने नेपाली युवा सागर घिमिरेको आज अन्त्येष्टी गरिने भएको छ । परिवारसंगको सहमतिपछि आज दाहसंस्कार गर्न लागिएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिनुभयो ।

आज दिउसो १ बजे बाल्टिमोरको काजोरोस्की फ्युनेरलमा अन्तिम श्रद्धान्जली र अन्तेष्टी कार्यक्रम राखिएको छ । अन्तेष्टी गर्ने स्थानमा एक सय जना व्यक्ति मात्र सहभागी हुन सक्ने हुनाले सहभागी हुन चाहनेहरुले अग्रिम जानकारी दिन अनुरोध गरिएको छ ।

२४ बर्षका स्वर्गीय घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गोलीबाट घिमिरेको मृत्यु भएको थियो । उनी पूर्ण छात्रबृत्तिमा अमेरिकामा अध्ययनका लागि आएका थिए ।

संखुवासभा स्थायी घर भएका २४ बर्षका घिमिरे गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी त्यस लगत्तै वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।

घटनामा एक नेपालीको घर पूर्णरुपमा धवस्त भएको थियो भने सर्लाहीका श्याम अधिकारी घाइते भएका थिए । बन्दुकधारीले अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्यान बचाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com