काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप, के गर्न पाइने, के नपाइने?


प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले जारी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। जारी निषेधाज्ञा जेठ ३१ गते रातिबाट सकिँदैथियो।

प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनुपर्दामात्र घरबाट बाहिर निस्कन सक्ने जनाएको छ।

यस्तै, तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ११ बजेसम्म खुला गर्न पाइनेछ । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्रीवितरण गर्न पाइनेछैन । स्थानीय ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ११ बजेसम्ममात्र गर्न पाइनेछ।

यसैगरी, पुस्तक पसल र प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म सन्चालन गर्न पाइनेछ । विकास निर्माणजन्य सामग्रीका पसलहरु (छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिनेछ।

थप विवरणका लागि तलको लिंक क्लिक गर्नुहोला

निषेधाज्ञा थप

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com