गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त


प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमालेका पृथ्वीसुब्बा गुरुङले जनमोर्चाका कृष्ण थापा र जसपाका महन्थ ठाकुरको समर्थनपत्रसहित दाबी गरे पनि प्रदेश प्रमुखले त्यसलाई अस्वीकार गर्दै पोखरेललाई नियुक्त गरेकी हुन्।

पोखरेलले शुक्रबार ३१ सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए। उनलाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेका छन्। उनले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत पाउन असफल भएपछि प्रदेश प्रमुख पौडेलले शुक्रबार २४ घण्टाको समय दिँदै सरकार गठनका लागि आव्हान गरेकी थिइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com