गण्डकी प्रदेश सरकारमा विपक्षी गठबन्धनको दाबी, ३१ सांसदको हस्ताक्षर


प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वले सरकार गठनको दाबी पेश गरेको छ। गठबन्धनले शुक्रबार प्रदेश प्रमुख सीता पौडेलसमक्ष ३१ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेको हो। गठबन्धनले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्तुत गरेको छ।

प्रस्तावमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले हस्ताक्षर गरेका छन्।

देश प्रमुखले सरकार गठनका लागि जेठ २९ गते ३ बजेसम्मको समय दिएकी छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहीबार प्रदेश सभामा विश्वासको मत पाउन असफल भएका थिए। उनले विश्वासको मतको पक्षमा २७ मत पाएका थिए। बहुमत पुर्‍याउन उनलाई ३१ मत आवश्यक पर्थ्याे।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com