कोरोना संक्रमण र मृत्यु घट्दै, ३७५० संक्रमित थपिए, ६७ को मृत्यु


प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार

नेपालमा केही समययता दैनिक कोरोना संक्रमण र मृत्यु घट्दै गएको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप ६७ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म ८ हजार ३०५ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म सक्रिय संक्रमितको संख्या ७५ हजार २ सय ७५ रहेको छ। शुक्रबार ५ हजार २ सय २५ संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ। हाल देशभर ५ सय ९४ जना क्वारेन्टाइनमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com