अमेरिकामा तीनसय मिलियन डोज भ्याक्सिन पाखुरामा


प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार

अमेरिकामा तीनसय मिलियन भन्दा धेरै डोज भ्याक्सिन वितरण गरिसकिएको छ । सीडीसीका अनुशार अमेरिकामा अहिलेसम्म ३०१ मिलियन डोज भ्याक्सिन वितरण गरिसकिएको छ भने कुल जनसंख्याको ५१ दशमलव ५ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् ।

दुबै डोज लगाउनेहरु कुल जनसंख्याको झण्डै ४२ प्रतिशत अर्थात् १३८ मिलियन पुगिसकेका छन् । ६५ बर्षभन्दा माथिको कुल जनसंख्याको ८६ दशमलव ३ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् । १२ देखि १८ बर्षबीचका पनि झण्डै ७ मिलियनले भ्याक्सिन लगाइसकेका छन् ।

अमेरिकामा कोरोना संक्रमणदर पनि गतबर्षको मार्च यताकै सबैभन्दा कम स्तरमा झरेको छ । सन् २०२० को २१ मार्चमा अमेरिकामा ६ हजार ५ सय १६ जनामा संक्रमण पुष्टी भएको थियो भने सन् २०२१ को ६ जुनमा ६ हजार ६७ जनामा संक्रमण पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा भ्याक्सिन वितरण जारी रहँदा कोरोना संक्रमणदर कम भएपनि पछिल्लो समयमा भ्याक्सिन वितरणको तीब्रतामा भने कमी आएको छ । अप्रिलमा हरेकदिन औषतमा ३३ लाखलाई भ्याक्सिन वितरण गरिएकोमा अहिले औषत दैनिक दर १० लाखको हाराहारीमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com