अमेरिकामा जुलाईको दोश्रो सातादेखि हरेक बच्चाको बार्षिक ३६ सय डलरसम्मको मासिक किस्ता आउन सुरु गर्ने


प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार

झण्डै ३९ मिलयन अमेरिकन परिवारका लागि दोश्रो चरणको राहत प्याकेजमा समेटिएको समृद्ध चाइल्ड ट्याक्स क्रेडिट महत्वपूर्ण भाग हो । जस अनुशार हरेक ६ देखि १७ बर्षसम्मको बच्चाका लागि बुबाआमाहरुले बार्षिक ३ हजार डलरसम्म र हरेक ६ बर्षमुनीको बच्चाका लागि बार्षिक ३६ सय डलरसम्म पाउन सक्नेछन् । जस अनुशार मासिक किस्ता २५० डलरदेखि ३ सय डलरसम्म हुनेछ ।

उनीहरुको यो रकमको आधा रकम अग्रिम मासिक भुक्तानिका रुपमा जुलाई दोश्रो सातादेखि प्राप्त गर्नसक्नेछन् । योग्य परिवारहरुले भुक्तानीको पहिलो किस्ता जुलाई १५ सम्म प्राप्त गर्नसक्ने अपेक्षा गरिएको छ ।

त्योभन्दा अगाडि आइआरएसले जुलाईको पहिलो साता अनलाइनमा गएर सहजै दावी गर्नसक्ने पोर्टलको व्यवस्था गर्न लागेको छ । एउटा पोर्टलमार्फत सन् २०२२ मा एकमुष्ठ रकम लिन चाहने बुबाआमाहरुले मासिक अग्रिम भुक्तानी अस्वीकार गर्नसक्नेछन् । अर्को पोर्टल सामान्यतया ट्याक्स फाइल गर्नु नपर्ने परिवारका लागि व्यवस्था गरिनेछ ।

परिवारहरुले आफ्नो परिवर्तित विवरणहरु अनलाइनमार्फत आईआरएसलाई बुझाउनुपर्नेछ । नयाँ बच्चा जन्मेको भएमा वा बैवाहिक स्थीतिमा परिवर्तन भएको भएमा पनि पोर्टलमार्फत जानकारी दिनुपर्नेछ । आइआरएसले जुलाई १ बाट अनलाइनमार्फत विवरण प्रदान गर्नसक्नेगरी पोर्टलको व्यवस्था गर्ने जनाएको छ ।

बच्चाका सन्दर्भमा प्राप्त गर्ने रकम आम्दानी र बच्चाको संख्यामा भर पर्छ । यदि तपाईको बार्षिक आम्दानी एकल कर फाइल गर्नेको सन्दर्भमा ७५ हजार वा त्योभन्दा कम, घरमुलीका रुपमा फाइल गर्नेको सन्दर्भमा १ लाख १२ हजार ५ सय वा त्योभन्दा कम र संयुक्त रुपमा फाइल गर्ने दम्पत्तिका सन्दर्भमा १ लाख ५० हजार डलर वा त्योभन्दा कम रहेको छ भने तपाईले चाइल्ड ट्याक्स क्रेडिटको पूरै रकम पाउनुहुनेछ । तर उक्त थ्रेसहोल्डभन्दा माथि आम्दानी छ भने हरेक १ हजार बढी आम्दानीका लागि चाइल्ड ट्रयाक्स क्रेडिट रकम ५० डलरले घट्दै जानेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com