ओली जेठ ३ मै फर्कन तयार, सर्वोच्चको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त


प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई २०७५ जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाउन तयार रहेको बताएका छन्।

आइतबार राति प्रेस विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष ओलीले पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न भन्दै जेठ ३ मै फर्कने प्रस्ताव सार्वजनिक गरेका हुन्।

उनले मातहतका पार्टी कमिटी र जनसंगठन मूलभूत रुपमा जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने, संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने, पार्टी अध्यक्षलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने प्रस्ताव पनि अघि सारेका छन्।

यस्तै, यसबीचमा भएका गल्ती तथा कमजोरीलाई लिएर कनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र कुनै भेदभाव नगरिने प्रतिबद्धता पनि उनले जनाएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com