टेक्सासको युलेस सिटी काउन्सिलमा १३७५ मत ल्याएर नेपाली मूलका टिका पौडेल विजयी


प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार

टेक्सासको युलेस सिटी काउन्सिलमा नेपाली मूलका उम्मेदबार टिका पौडेल विजयी भएका छन् । युलेस सिटी काउन्सिलको प्लेस ६ बाट पौडेल विजयी भएका हुन् ।

उनले कुल खसेको मतको ५३ दशमलव ७१ प्रतिशत प्राप्त गरेका छन् । उनले कुल १३७५ मत ल्याएर जीत हासिल गरेका हुन् । अर्का उम्मेदबार एरिक अवेन्सले ४६ दशमलव २९ प्रतिशत अर्थात् ११८५ मत ल्याएका थिए ।

यसअगाडिको चुनावमा कसैले पनि ५० प्रतिशत अर्थात् स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि रनअफ चुनाव गर्नुपरेको थियो । युलेस नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र रहेको र युलेस सिटीमा झण्डै ६ सय मतदाताहरु रहेको त्यहाँबाट संचारकर्मी सूर्य थापाले जानकारी दिए ।

टिका पौडेल

नेपालीहरुको बाक्लो बस्ती रहेको टेक्सास राज्य अन्तरगत यूलेसमा करिव ८ हजार नेपालीहरु छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको चितवन जिल्लामा जन्मिएका पौडेल करिव १५ बर्षदेखी अमेरिकामा छन् । नेपालमा प्राद्यापन पेशामा संलग्न थिए ।

सिटी काउन्सिलले स्थानिय सुरक्षा, पार्क, पूर्वाधार निमार्ण लगायतका नीतिहरु बनाउने काम गर्दछ । सिटी काउन्सिलमा मेयर लगायत ७ जना सदस्य हुन्छन् ।

युलेसमा पनि अधिकांश नेपालीहरुको बसोबास प्लेस ६ मा नै रहेको छ । पौडेललाई नेपाली अमेरिकनहरुको पनि राम्रो समर्थन रहेको थियो । अमेरिकाको मुलधारको राजनीतिमा नेपालीहरु अगाडि बढ्ने क्रम पछिल्लो समयमा तीब्र देखिएको बेला पौडेलको जीत भएको हो ।

ह्यारी भण्डारीले दिए वधाई

पौडेलले चुनाव जीतेपछि टेक्सास र अमेरिकाभर रहेका नेपालीहरुले बधाई दिइरहेका छन् ।

युलेस सिटी काउन्सिलमा चुनाव जित्न सफल भएकोमा अमेरिकाको राजनीतिमा इतिहास रच्न सफल मेरिल्याण्डमा नेपाली मुलका राज्य सांसद ह्यारी भण्डारीले पौडेललाई बधाई दिएका छन् । भण्डारी अमेरिकी राजनीतिमा सबैभन्दा उच्च तहमा निर्वाचित हुने नेपाली मूलका जनप्रतिनिधि हुन् ।

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ।

भण्डारीले भनेका छन्  – ‘अमेरिकाको टेक्सास राज्यको युलेश सिटीको काउन्सिल ६ मा टीका पौडेलजीले निर्वाचनमा विजयी हुनुभएको खवर सुन्दा हामीलाई खुशी लागेको छ । उहाँको विजयले युलेसमा रहेका नेपालीको आवाजलाई स्थानीय निकाय सम्म पुर्याउनेछ ।’

‘हामीहरुले विगत देखि भन्दै आएका छौं की हरेक नेपाली अमेरिकनले यहाँको राजनीतिमा सहभागिता जनाउन पहल गर्नेपर्छ । यही भावनालाई समेटन सफलता प्राप्त भएकोमा र सहयोग गर्नु भएकोमा सम्पूर्ण युलेसवासी दिदीवहिनी तथा दाजुभाईहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’ –  भण्डारीले भनेका छन् ।

यसै गरी संभव भए सम्मका स्थान र तहमा नेपाली अमेरिकनहरुको उपस्थिती जनाउनको लागि पहल गर्नु पर्ने भण्डारीको भनाई छ । उनी भन्छन् – ‘हाम्रो सहभागिताले हाम्रो आवाज र समस्याहरुलाई सरोकारवाला निकायहरु सम्म पुरयाउन सक्नेछौं ।’

मूलधारको राजनीतिमा अगाडि बढ्दै नेपाली

अमेरिकामा नेपाली अमेरिकनहरुको संख्या बढ्दै गर्दा विभिन्न चुनावहरुमा नेपालीहरुको सहभागिता र उम्मेदबारी दिने क्रम बढ्दो रहेको छ । अमेरिकाभर झण्डै ६० हजार नेपाली अमेरिकनहरु योग्य मतदाताका रुपमा रहेका छन् । जसमध्ये सबैभन्दा बाक्लो बसोबास न्युयोर्क, क्यालिफोर्निया र टेक्सासमा रहेको छ ।

मेरिल्यान्डको टाउन अफ इन्डियनमा नेपाली मूलका किरण सिटौला उपमेयर छन् । काठमाडौंको बूढानीलकण्ठ पढेका सिटौला उच्च शिक्षाका लागि २५ वर्षअघि अमेरिका आएका थिए ।

त्यस्तै नेपालको झापा जिल्लामा जन्मिएका प्रदीप ढकाल भर्जिनिया राज्यको टाउन अफ हर्डनमा काउन्सिल मेम्बर अर्थात नगरपदिषद् सदस्य छन् । सातजना काउन्सिलमेम्बर विजयी हुनुपर्ने चुनावमा  ढकाल ३ हजार ८८ मत ल्याएर चुनिएका  थिए । उनी सन् २००६ मा अध्ययनका लागि अमेरिका आएका थिए ।

भुवन प्याकुरेल

त्यस्तै नेपाली भाषी भुटानी मुलका भुवन प्याकुरेल ओहायाको रेन्डोल्डसबर्गमा सिटी काउन्सिल सदस्यमा छन् । सन् २००९ मा अमेरिका आएका उनी सन् २०१४ मा परिवारसहित ओहायो बसाईसराई गरेका थिए । सन् २०१५ मा अमेरिकी नागरिकता लिएका उनले रिपब्लिकन पार्टीका उम्मेदबारलाई पराजित गरेर सिटी काउन्सिल सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै कनेक्टिकटको ब्रानफोर्डमा रामचन्द्र श्रेष्ठ टाउन मिटिङ प्रतिनिधि रहेका छन् । डेमोक्रेटिक पार्टीका उनलाई पब्लिक सर्भिस कमिटिको आरटीएममा सन् २०२१ को नोभेम्बर १६ सम्मका लागि नियुक्त गरिएको हो । जसका चेयर डोन कोनक्लीन रहेका छन् ।

छत्रकुमारी गुरुङ न्यू ह्यामसरमा हुक्सेट टाउनको बजेट कमिटी सदस्य छिन् । न्यू ह्यामसर राज्यमै आम मतदाता मार्फत सार्वजनिक जिम्मेवारीमा चुनिने उनी पहिलो नेपाली अमेरिकन हुन् ।

यसैगरी अर्घाखाँचीका मधु पन्थी भर्जिनिया राज्यको टाउन अफ हेमार्केटका काउन्सिल म्यान भएका थिए । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका पन्थी नेपालमा पनि राजनीतिमा सक्रिय थिए ।

नेपालीहरु मुलधारको राजनीतिमा समाहित र अमेरिकन समुदायसँग एकीकरण हुने क्रम तीब्र बनिरँदा राजनीतिक प्रतिस्पर्धाका आधारमा निर्वाचित भएकाहरु भने ह्यारी भण्डारी र भुवन प्याकुरेलमात्र हुन् ।

नवराज केसी

न्युयोर्कमा पनि राजनीतिक प्रतिस्पर्धाका आधारमा सिटी काउन्सिल सदस्यमा नेपाली मूलका उम्मेदबार नवराज केसी चुनावी मैदानमा रहेका छन् । डिस्ट्रिक्ट १९ बाट उम्मेदबारी दिएका केसीले आगामी जुन २२ मा हुने प्राइमरीमा चुनाव जीतेमा मात्र नोभेम्बरमा हुने अन्तिम चुनावमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

(नोट:  यो समाचार थप विवरणसहित अपडेट गरिएको छ ।)

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com