महतोको अखण्डताविरोधी अभिव्यक्तिको चौतर्फी विरोध, विद्यार्थीहरुले जलाए पुतला


प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार

केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका जनता समाजवादी पार्टी महन्थ–राजेन्द्र समूहका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने’ भनेर दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ।

विभिन्न राजनीतिक दल तथा विद्यार्थी संगठनहरुले महतोको उक्त अभिव्यक्ति अखण्डताविरोधी रहेको भन्दै विरोध गरेका हुन्।

माधवकुमार नेपाल समूहका १५ नेताले महतोको अभिव्यक्ति निन्दनीय भएको बताएका छन्।

शनिबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय रहेको बताएका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेख भएको व्यवस्थाविपरीत भएको उल्लेख गर्दै उनीहरुले यसबारे स्पष्ट पार्न प्रधानमन्त्री केपी ओलीलाई माग गरेका छन्।

यस्तै, देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै एमालेको नेपाल–खनाल समूहनिकट युवा र विद्यार्थीले नयाँ बानेश्वरमा महतोको पुतला दहन गरे। प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र महतोविरुद्ध नाराबाजी गरेका थिए।

शुक्रबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री पदको सपथ लिएलगत्तै महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि आन्दोलनको तयारी गर्ने पार्टीको एजेण्डा रहेको बताएका थिए।

यसका साथै शनिबार नवनियुक्त मन्त्रीहरूलाई स्वागत गर्न बबरमहलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पनि उनले नेपाल एकल राज्य नरहेको भन्दै बहुल राज्य हुनुपर्ने बताएका थिए। नेपाल बहुलताले भरिएको देश भएकोले एकल राज्य नभइ बहुल राज्य हुनुपर्ने उनले दोहर्‍याएका छन्।

संविधान जलाउनेबाटै यस्तो अभिव्यक्ति आउनु अचम्म होइन : रविन्द्र मिश्र
उता विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले संविधान जलाउनेबाटै ‘बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने’ अभिव्यक्ति आउनु अचम्मको कुरा नभएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालबाट धारणा राख्दै उनले बेलैमा सजग हौं भन्दै संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीहरुबाट यस्तो धारणा आउनु स्वाभाविक भएको बताएका हुन्।

‘कमसेकम सरकारको उप(नेतृत्व गर्दा त संविधानको पालना गरौँ१ संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक भनेको छ। बहूल राष्ट्रिय राज्य भनेको छैन, जुन अत्यन्तै संवेदनशील र विवादित विषय हो,’ उनले भनेका छन्।

मिश्रले यही ताल हो भने देश आन्तरिक र बाह्य खतराको बाटोमा उन्मुख रहेको उल्लेख गर्दै उनले ढिलो गरी आएको चेतना शिक्षा होइन, पश्चातापमा सीमित हुने भएकाले बेलैमा सजग हुन आग्रह गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com