प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालय?


प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार

जनता समाजवादी पार्टी (जसपा) को महन्थ–राजेन्द्र समूह सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। ओलीले जसपा नेता राजेन्द्र महतोसहित ३ उपप्रधानमन्त्री नियुक्त गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुले शुक्रबार राति नै सपथ लिएका छन्।

जसपाका महतोसहित एमालेबाट रघुवीर महासेठ र विष्णु पौडेल उपप्रधानमन्त्री बनेका हुन्। ओलीले पूरानो मन्त्रिपरिषद्का चार सदस्यलाई मात्र दोहोर्‍याएका छन्। जसमा पौडेलसहित कृष्णगोपाल श्रेष्ठ, वसन्त नेम्वाङ र लीलानाथ श्रेष्ठ छन्।

ओलीले एमालेको भागमा परेका सात मन्त्रालय आफैंसँग राखेका छन् । तिनमा नियुक्त हुने मन्त्रीहरुको सपथ भने आइतबार हुने बताइएको छ।

कसलाई कुन जिम्मेवारी ?

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, वन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय

विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

लीलानाथ श्रेष्ठ :  कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

शरतसिंह भण्डारी : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री

विमल श्रीवास्तव : श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

उमाशंकर अरगरिया : पर्यटन मन्त्री

चन्दा चौधरी :  महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com