स्वास्थ्य मन्त्रालयले भन्यो–तेस्रो लहरको खतरा छ, २० प्रतिशत बेड बालबालिकाका लागि छुट्याउनू


प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरमा बालबालिकालाई बढी संक्रामक बनाउन सक्ने भन्दै २० प्रतिशत शय्या बालबालिकालाई छुट्याउन सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई पत्राचार गर्दै उक्त आग्रह गरेको हो।

‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ,’ मन्त्रालयले भनेको छ।

यस्तै, अक्सिजनको व्यवस्थापनसमेत गर्न मन्त्रालयले गरेको छ।

कोरोनाको पहिलो र दोस्रो लहरले बढीमात्रामा प्रौढ र युवा संक्रमित भएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com