विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ। उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो। उपचारमा सम्लग्न एक चिकित्सकले थापाको निधन भएको पुष्टि गरे।
दुई साताअघि कोरोना संक्रमित भएपछि उनलाई सुरुमा ह्याम्स अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई ग्राण्डी अस्पताल र त्यसपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोना नेगेटिभ आए पनि अवस्था गम्भीर बनेको थियो।
थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) विधिमार्फत् उपचार गरिएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।