जसपा औपचारिक रुपमा फुटतर्फ, उपेन्द्र र महन्थ पक्षले एक अर्कालाई गरे निस्कासन


प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार

औपचारिक रुपमा घोषणा नभए पनि जनता समाजवादी पार्टी (जसपा) टुक्रिएको छ। वैकल्पिक शक्ति बन्ने उद्घोषका साथ गत वर्ष रातारात एकीकरण भएका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी अब आ–आफ्नो बाटो लाग्ने स्थिति देखा परेको छ।

मंगलबार महन्थ–राजेन्द्र पक्ष तथा बाबुराम–उपेन्द्र पक्ष एक अर्का पक्षका नेतालाई निस्कासन गरेसँगै जसपाको फुट निश्चित भएको हो।
मंगलबार सुरुमा बाबुराम–उपेन्द्र समूहले अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निस्कासन गर्‍यो। पार्टीको नीति, सिद्धान्त, विचार, एजेन्डा र कार्यदिशाविपरीत काम गरेको भन्दै उनीहरुलाई निस्कासन गरिएको हो।

बाबुराम–उपेन्द्र पक्षले चार नेतालाई चार आरोप लगाएको छ।जसमा पार्टी एकताको भावनालाई हानी नोक्सानी पुग्ने गरी पार्टी विधान र नियमावलीले निर्दिष्ट गरेका लोकतान्त्रिक मूल्यरमान्य, विधि, पद्धति र राजनीतिक संस्कृतिको बर्खिलाप हुने गरी गुटगत गतिविधि गरेको आरोप लगाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, बारम्बारको आन्तरिक प्रयासपछि जेठ ४ गते संयुक्त प्रेस वक्तव्य आएको एक घण्टा नबित्दै ८ बुँदे सहमति तोड्दै विश्वासघात गरेको उल्लेख गरिएको छ।

यस्तै, स्पष्टीकरणको प्रतिउत्तर नदिने, पार्टी सम्पर्कमै नआउने र पार्टी प्रक्रियाको अवज्ञा गर्ने गम्भीर गल्ती पुनः दोहोरिएको उल्लेख गर्दै जेठ १७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठकले निष्कासनकाे निर्णय गरेकाे सो पक्षले जनाएको छ।

बाबुराम–उपेन्द्र पक्षले आरोपमा भनेको छ–प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार प्रारम्भदेखि नै लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरेक्षतालगायत संवैधानिक मूल्य मान्यताप्रति सकारात्मक थिएन। दुईपटक प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक कदमलाई साथ दिने कल्पनासमेत गर्न सकिँदैनथ्यो। तर, महन्थ ठाकुरलागयत नेताहरूले ओली सरकारले मधेशका मागमुद्धा सम्बोधन गर्‍यो भन्ने भ्रम छर्दै संकटग्रस्त ओली सरकारलाई काँध थाप्ने र प्रतिगमनको मतियार बन्ने काम गरे।’ कारबाहीबारेको जानकारी सो पक्षले निर्वाचन आयोगलाई गराइसकेको छ।

उता, महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि कारबाही गरेको छ। महन्थपक्षीय कार्यकारिणी समितिको मंगलबारकाे बैठकले यादवलाई कारबाही गर्ने निर्णय गरेको हो। पार्टीको साधारण सदस्यसमेत नरहने गरी यादवलाई कारबाहीको जानकारी निर्वाचन आयोगमा पठाइएको छ। दुवै पक्षले एक अर्कालाई निष्कासन गरेपछि जसपा औपचारिक रूपमा फुटको दिशामा अगाडि बढेको नेताहरूले बताएका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com