‘घरमा आगो लागिरहेको छ, हामी ठूलो बिस्तारामा को सुत्ने प्रतिस्पर्धामा छौं’


प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार

नेपाली अर्वपति विनोद चौधरीले नेपालमा कोरोना महामारी फैलिरहेको बेलामा चुनावको घोषणा गरिनु बिडम्बनापूर्ण र दुर्भाग्यपूर्ण रहेको बताएका छन् । अमेरिकन टेलिभिजन च्यानल सीनएबीसीको कार्यक्रम स्ट्रीट साइन एसियासँग कुराकानी गर्दै चौधरीले भने – ‘घरमा आगो लागिरहेको छ तर हामीभने ठूलो बिस्तारामा को सुत्ने भन्ने प्रतिस्पर्धामा छौं ।’

नेपालले कोरोना महामारीको दोश्रो लहरलाई नजरअन्दाज गरेको र यसलाई सम्बोधन गर्न प्रयासहरु अगाडि बढाउन आवश्यक रहेको चौधरीले बताएका छन् । अवस्था स्थीर नभएसम्म मुलुकमा चुनाव गर्न नहुने समेत उनले बताएका छन् । नेपालमा अप्रिलदेखि कोरोनाको दोश्रो लहर तीब्र बन्न सुरु भएको हो भने मे महिनामा नयाँ रेकर्ड कायम गरेको छ ।

कोरोनाको पहिलो छाल नै अत्यन्तै खराब रहेको र मुलुक झण्डै तीनमहिना नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै चौधरीले यसपटकको अवस्था असाध्यै खराब भएको बताएका छन् । चौधरी गु्रपले आफ्नो सञ्जाल परिचालन गरेर नेपालमा अक्सिजन र भेन्टिलेटर ल्याउनका लागि काम गरिरहेको उनले बताए । चौधरी ग्र्रुपको गैर नाफामुलक संस्थाले स्वास्थ्य संकटको सामना गर्नका लागि १० करोड रुपैयाभन्दा बढी दान गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्याक्सिन वितरणको बेलामा नेपाल जस्तो देशलाई विशेष जोड दिन चौधरीले विश्वलाई आव्हान गरेका छन् । उनले भने – ‘नेपाललाई सुरक्षित र संरक्षित राख्न आवश्यक छ । नेपालको चीन र भारतसँग सिमा जोडिएको छ । समस्या एकदमै छिटो समाधान गर्न सम्भव छ ।’

सबै राजनीतिक दलहरु मिलेर कोरोना सम्बन्धित चुनौतिलाई पहिलो प्राथमिकता दिएर मुलुक सुरक्षित राख्नुपर्ने उनले बताए । मुलुकको स्वास्थ्य र आर्थिक अवस्था सही बाटोमा आइसकेपछिमात्र चुनाव गराउनुपर्ने उनको भनाई छ । यदि नेपालको लागि भ्याक्सिन र स्वास्थ्य उपकरणहरु सुरक्षित गरेको खण्डमा ६ महिनाभन्दा कम समयमा नै नेपालको स्वास्थ्य र आर्थिक अवस्था नियमित बाटोमा आउनसक्ने उनले बताए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com