राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय विजयी


प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विपक्षी गठबन्धनका दृगनारायण पाण्डेय विजयी भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेयले सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत पाएका छन्। खड्काले प्रदेशसभातर्फ ४० र स्थानीयतर्फ ९४ मत पाएका छन्।

पाण्डेय केही दिनअघिमात्र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए। उनलाई माओवादी केन्द्र, जसपा (बाबुराम–उपेन्द्र) समूह र राष्ट्रिय जनमोर्चाले साझा उम्मेदवार बनाएका थिए। यसैगरी एमाले उम्मेदवार खड्कालाई जसपा (महन्थ–राजेन्द्र) समूहले साथ दिएको थियो।

यसअघि पनि बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार डा खिमलाल देवकोटाले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई पराजित गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com