विपक्षी गठबन्धनले भन्यो–अध्यादेशबाट बजेट ल्याएर सरकारले संविधानको अवहेलना गर्‍यो


प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट बजेट ल्याई सरकारले संविधानको अवहेलना र उल्लंघन गरेको निष्कर्ष निकालेको छ।

आइतबार बिहान बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्लंघनको अर्को नमूना प्रस्तुत गरेको विपक्षी गठबन्धनको आरोप छ।

‘प्रधानमन्त्रीबाट भइरहेको संविधान उल्लंघन संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्यमा पुनः प्रकट भएको छ,’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन स्थितिको दुरुपयोग गरी प्रधानमन्त्रीबाट संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेका छन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेमतो गरी संविधानका धाराहरू उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरिएको भन्दै विपक्षी गठबन्धनले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि काम नगर्न सरकारलाई चेतावनी दिएको छ।

‘प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरूको हस्ताक्षरमा विकल्पका रूपमा हामीले विधिवत दाबी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेबाट निस्कासित नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गरेका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com