न्युयोर्कमा सगरमाथा आरोहीहरु र कीर्तिमानीको उपस्थीतिमा ‘विश्व सगरमाथा दिवस’


प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार

न्युयोर्कमा ४० जना भन्दा बढी सगरमाथा आरोही र सगरमाथा आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने आरोहीहरुको सहभागिता विश्व सगरमाथा दिवस मनाइएको छ । यूएस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनद्वारा संयुक्त रुपमा न्युयोर्कको क्वीन्समा रहेको शेर्पा किदुगको भवनमा विश्व सगरमाथा दिवस मनाइएको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पटक मानव पाईला टेकेको ऐ्तिहासिक दिनको स्मरणमा अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइएको हो । सन् १९५३ को मे २९ विहान ११ बजेर ३० मिनेट जाँदा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ। आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो।

यूएस नेपाल क्लाईम्बर्स एसोसिएशनले विगत ८ बर्षदेखि  मे २९ मा अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउदै आएको  छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको सुरुमा दीप प्रज्वलन गरी हिम आरोहणका क्रममा दिवंगत हुने आरोहीहरु र कोभिड् १९ कारण ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै लामा गुरुहरुबाट पूजा प्रार्थना गरिएको थियो । गतबर्षपनि कोरोना महामारीका कारण गत बर्षपनि सगरमाथा दिवस सिमित अतिथिहरुको उपस्थितिमा गरिएको थियो । यो बर्षपनि सिमित उपस्थीतिमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि न्युयोर्क राज्य संसद सदस्य जेनिफर राजकुमारले मे २९ लाई विश्व सगरमाथा दिवसका रुपमा न्युयोर्क राज्य संसदले समेत मनाउने र अर्को बर्ष विश्व सगरमाथा दिवस न्युयोर्कको राजधानी अल्बानीको संसद भवनमा मनाउनका लागि निमन्त्रणा पठाइने बताइन् ।

कार्यक्रमका वक्ताहरु शेर्पा किदुगका अध्यक्ष छिरिङ शेर्पा, जीपीके फाउण्डेशनका सोमनाथ घिमिरे, न्युयोर्क सिटी काउन्सिलका उम्मेदबार नवराज केसी, क्यारोलिन ट्र्यान, शेर्पा किदुगका पूर्व अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, उर्गेन शेर्पा, यूएस नेपाल क्लाईम्बर्स एसोसिएशनका संस्थापक अध्यक्ष किपा शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पा लगायतले सगरमाथा दिवस सबैको गौरब भएकाले पहिचान जोगाउन जागरुक हुनु पर्ने बताए ।

कार्यक्रममा राज्य सांसद जेनिफर राजकुमारले यूएस नेपाल क्लाईम्बर्स एसोसिएशनका अध्यक्ष पासाङ निमा शेर्पालाई सगरमाथा दिवसको रिजोलुसन प्रमाणपत्र, यूएस नेपाल क्लाईम्बर्स एसोसिएशनलाई साईटेशन र अध्यक्ष शेर्पालाई प्रसंशा पत्र प्रदान गरिन् । कार्यक्रमको संचालन संस्थाका महासचिव मिङ्मार लामाले गरेका थिए ।

न्युयोर्क राज्यमा दर्ता भई स्थापना भएको युएस नेपाल क्लाईम्वर्स एसोसिएशनले विगतका वर्षहरुमा न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, अमेरिकन अल्पाइन क्लब, एक्सप्लोरर क्लब अफ युएसए, न्युयोर्क सिटी आउटबण्ड र युनाइटेड शेर्पा एसोसियसन जस्ता संस्थाहरु सँग सहकार्य गर्दै आएको थियो ।

सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेसँगै अहिलेसम्म झण्डै ९ हजार पर्वतारोहीले शिखर चुमिसकेका छन्। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठवटा छन्।

सगरमाथा आरोहणमा आरोहीले नयाँ कीर्तिमानसमेत थप्दै गएका छन्। त्यसमध्यको एक हुन कामी रिता शेर्पा। शेर्पाले सगरमाथाको २५ पटक आरोहण गरि नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। वसन्त ऋतुको आरोहण अन्तर्गत सगरमाथा आरोहीका लागि डोरी व्यवस्थित गर्ने क्रममा कामी रिता सहितका १२ जना शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन्। सर्वोच्च शिखर सगरमाथाको उचाइ थपिएपछि कामी रिता सहितको शेर्पाहरुको समूह पहिलो आरोहण गर्ने टोली हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com