१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत, सबैभन्दा धेरै शिक्षा क्षेत्रमा विनियोजन


प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् ल्याइएको बजेट शनिबार सिंहदरबारबाट सार्वजनिक गरेका हुन्। बजेटमा चालु खर्चका लागि ६ खर्ब ७८ अर्ब र पुँजीगत (विकास) खर्चका लागि ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ। यस्तै, ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ। तीन खर्ब नौ अर्ब रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

यसपालि सबैभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिएको छ। सरकारले शिक्षामा १ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्याएको छ। त्यस्तै स्वास्थ्यमा १ खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना खोप व्यवस्थापनका लागि २६ अर्ब २५ करोड
सरकारले कोरोना खोप व्यस्थापनका लागि २६ अर्ब २५ करोड छुट्याएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले कोरोना खोप अभाव हुन नदिने बताए। उनले कोभिडविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको जनाए।

यस्तै, सरकारले कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ। मन्त्री पौडेलले देशभरका प्रयोगशालामा कोभिडको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरिने जानकारी दिए।

उनले अक्सिजन प्लान्ट स्थापना गर्न, सिलिण्डर तथा ट्यांक खरिद गर्न बजेट व्यवस्थापन गरिएको बताए। यस्तै, १ सय शय्याको अस्पतालमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था गरेको बताए।

सरकारले आइसीयू, एचडीयू तथा भेन्टिलेटरलगायतका उपकरण खरिद गर्न ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्लान्ट जडानका लागि आयात गरिने उपकरणमा भन्सार र मूल्यअभिवृद्धि करमा पूर्ण छुट दिइएको छ। यस्तै, सामुदायिक अस्पताललाई प्लान्ट जडान गर्न लागतको ५० प्रतिशत अनुदान दिइनेछ।

कोभिड महामारी अवधिभर अक्सिजन उत्पादनमा लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट दिइने छ। कोभिड उपचारमा प्रयोग हुने औषधि आयातमा भन्सार छुट दिइएको छ।

यस्तै, सरकारले वृद्धभत्तामा १ हजार रुपैयाँले वृद्धि गरी ४ हजार रुपैयाँ बनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com