मेरिल्याण्डमा पारित नेपाली मुलका राज्य सांसद भण्डारीको बिलले अमेरिकामै इतिहास कायम गर्न सफल


प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ।

मेरिल्याण्ड राज्यको संसदबाट पारित नेपाली मुलका राज्य सांसद ह्यारी भण्डारीको विद्यालय सुरक्षा सम्बन्धि बिलले अमेरिकामै इतिहास कायम गर्न सफल भएको छ । यौन दुराचारीलाई सरकारी विद्यालयहरुमा विद्यार्थी हुनबाट रोक्ने उक्त बिलमा गभर्नर ल्यारी होगनले हस्ताक्षर गरेर कानून बनेसँगै अमेरिकामा यस्तो प्रकारको कानून ल्याउने मेरिल्याण्ड राज्य पहिलो बनेको छ ।

यो बिल पारित भएसँगै मेरिल्याण्ड राज्यभरका सरकारी विद्यालयहरुमा रहेका विद्यार्थीहरु अब अझ बढी सुरक्षित भएका छन् । खासगरी रजिस्टर्ड यौन दुराचारीहरुलाई सरकारी विद्यालयमा विद्यार्थी हुनबाट रोक्ने भण्डारीले ल्याएको यो बिल मेरिल्याण्ड राज्यको संसदबाट एकमतले पारित भएको हो । यो बिल अगाडि बढाउन डेलिगेट कार्ल ज्याक्सनले भण्डारीलाई साथ दिएका थिए ।

विगतमा यौन दुराचारीलाई पनि विद्यालय प्रशासनले भर्ना हुनका लागि विशेष स्वीकृति दिनसक्ने प्रावधान रहेको थियो । तर अब यौन दुराचारीहरुले शिक्षा लिनु परेको खण्डमा कक्षाकोठाभन्दा बाहिरको वैकल्पिक माध्यमको प्रयोग गर्नुपर्नेछ । उनीहरुलाई कक्षाकोठामा पूर्णरुपमा प्रतिबन्ध लगाइनेछ । नयाँ बिल अनुशार विद्यालयभित्र कुनै पनि यौन दुराचारीलाई जानजान छिर्न दिएको खण्डमा छिर्न दिने व्यक्तिलाई ५ हजार डलर जरिवाना र ५ बर्षसम्म जेलसजाय हुनसक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोषी ठहर भइसकेको २१ बर्षको यौन दुराचारीले बाल्टिमोरको पार्कभिल हाइस्कुलमा अध्ययन गरिरहेको पत्ता लागेपछि यो बिल अगाडि बढाइएको थियो । शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई समेत विद्यालय प्रशासनले यौन दुराचारी विद्यालय भवनमा रहेकोबारे जानकारी दिएको थिए । प्रोजेक्ट बाल्टिमोर अनुसन्धानले यो कुरा पत्ता लगाएपछि र संचारमाध्यमहरुमा सार्वजनिक भएपछि आक्रोश बढेको थियो ।

उक्त यौन दुराचारी सान्टिनो सुडानो सन् २०१९ को डिसेम्बरमा दोश्रो पटक पक्राउ पर्नु अगाडि पार्कभिल हाइस्कुलमा अध्ययन गरिरहेको थियो । अर्को विद्यालयमा अध्ययनरत १५ बर्षकी बालिकालाई दोश्रो डिग्री बलात्कारको अभियोगमा उसलाई पक्राउ गरिएको थियो । अहिले उक्त व्यक्ति दोश्रो डिग्री बलात्कार र तेश्रो डिग्री यौन दुब्र्यबहारमा दोषी ठहर भएर जेलमा सजायको प्रतिक्षामा रहेको छ ।

हरेक बालबालिकाहरुका लागि मेरिल्याण्डका विद्यालयहरु सुरक्षित बनाउन संसदले ऐतिहासक कदम चालेको आफू गौरवान्वीत भएको भण्डारीले बताएका छन् । यो बिल मेरिल्याण्ड राज्य संसदको सिनेटमा सिनेटर क्याथे क्लसमियरबाट क्रसफाइल गरिएको थियो । भण्डारीले यो बिलमा समर्थन जुटाउनका लागि गरेको कडा मिहिनेतपछि बिल एकमतले पारित भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com