क्यालिफोर्नियामा भ्याक्सिन लगाएका २० लाखलाई कुल ११६ मिलियन डलर दिइने


प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार

क्यालिफोर्नियामा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका २० लाख भन्दा धेरैलाई कुल ११६ दशमलव ५ मिलियन डलर दिइने भएको छ । गभर्नर गेभिन न्युसमले घोषणा गरेको यो योजना सबैभन्दा पछिल्लो र सबैभन्दा ठूलो हो । अमेरिकनहरुलाई भ्याक्सिन लगाउन प्रोत्साहन गर्नका लागि यो योजना ल्याइएको हो ।

भ्याक्स फर द वीन नामको यो कार्यक्रम अन्तरगत कम्तीमा एकडोज भ्याक्सिन लगाएका क्यालिफोर्निया निवासीहरुमध्येबाट लोटरी गरेर १० जनालाई जनही १ दशमलव ५ मिलियन डलरका दरले पुरस्कार दिइने भएको छ । त्यस्तै ३० जनालाई ५० हजार डलरका दरले पुरस्कार दिइनेछ भने २० लाखलाई ५० डलरका दरले गिफ्ट कार्ड दिइने भएको छ ।

क्यालिफोर्नियाको कुल जनसंख्याको ५६ प्रतिशतले कम्तीमा एकडोज भ्याक्सिन लगाइसकेका छन् भने पूर्णरुपमा भ्याक्सिन प्राप्त गर्नेहरु ४२ प्रतिशतभन्दा धेरै रहेका छन् । सीडीसीको तथ्यांक अनुशार राष्ट्रिय औषत दरका तुलनामा क्यालिफोर्नियामा भ्याक्सिन लगाउनेहरु बढी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै साता ओहायोमा यस्तै कार्यक्रम अन्तरगत भ्याक्सिन लगाएक सिनसिनाटी निवासी २२ बर्षका व्यक्तिले १ मिलियन डलर जितेका थिए । ओहायोले अगाडि सारेको उक्त कार्यक्रमपछि त्यहाँ भ्याक्सिन लगाउनेहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ ।

कोलोराडोले पनि भ्याक्सिन लगाएकाहरुलाई यसैसाता एक मिलियन डलरको लोटरीको घोषणा गरेको छ । त्यस्तै ओरेगनले पनि थप १० हजार डलरको पुरस्कार सहित १ मिलियनको ज्याकपट घोषणा गरेको थियो ।

न्युयोर्कमा पनि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेलाई ५ मिलियन डलर जित्नसक्ने लोटरी टिकट सित्तैमा उपलब्ध गराउने कार्यक्रम घोषणा गरिएको छ । गभर्नर एन्ड्रयु कुमोले भ्याक्सिनका लागि सर्वसाधारणहरुलाई प्रोत्साहित गर्न यो कार्यक्रम ल्याएका हुन् ।

भ्याक्स एण्ड स्क्र्याच नामको २० डलर मूल्य पर्ने लोटरी टिकट भ्याक्सिन लगाउनेहरुले सित्तैमा प्राप्त गर्न सक्ने भएका छन् । यसमा २० डलरदेखि ५ मिलियन डलरसम्मका विभिन्न पुरस्कार रकमहरु राखिएका छन् । यो लोटरीमा ९ जनामा एकजनाले कुनै न कुनै लोटरी रकम जित्ने सम्भावना रहन्छ ।

यो कार्यक्रम मे २४ सोमबारदेखि लागु हुनेछ भने मे २८ शुक्रबारसम्म जारी हुनेछ । राज्यबाट संचालित १० वटा भ्याक्सिन साइटहरुमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेहरुले यो टिकट प्राप्त गर्नेछन् । टिकट स्क्र्याच गरेर लोटरी परे नपरेको हेर्न सकिनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com